आफ्नो मात्र चिन्ता गर्यौ बधाइ छ तिमीलाई
सुन्दर शहरमा डेरा सर्यौ बधाइ छ तिमीलाई
पछ्याई हिडे गल्ली गल्ली आफैलाई नाश पार्दै
आज मेरो आसै मार्यौ बधाइ छ तिमीलाई
सुन्दर शहरमा डेरा सर्यौ बधाइ छ तिमीलाई
टुटेको त्यो मुटुलाई नि तिम्रो साथले टालेको थे
झन-झन धेरै टुक्रा पार्यौ बधाइ छ तिमीलाई
सुन्दर शहरमा डेरा सर्यौ बधाइ छ तिमीलाई
मुटुलाई तीरले छेकी खुशी छु म भनैकै छु
उल्टै आज मनै फार्यौ बधाइ छ तिमीलाई
सुन्दर शहरमा डेरा सर्यौ बधाइ छ तिमीलाई
त्यो दिनहरू सम्झि हेर “बहाना” भो तिम्रा हतियार
आनाकानी गर्दै टार्यौ बधाइ छ तिमीलाई
सुन्दर शहरमा डेरा सर्यौ बधाइ छ तिमीलाई
तिम्रो यादले छोड्ने छैन मेरो अन्तिम दिनसम्म
सम्झी सम्झी रुने पार्यौ बधाइ छ तिमीलाई
सुन्दर शहरमा डेरा सर्यौ बधाइ छ तिमीलाई ।7
2016-05-09 06:03:26 +0000
