हाँसी-हाँसी जन्म लिन्छु पाएँ कयौं जुनी
“मेरो देश मेरो नेपाल” प्यारो जन्मभूमि
गौतम बुद्ध यही जन्मे सगरमाथा मेरो शिर
ब्रमाण्डलाई नियाल्ने यो चन्द्र सूर्य ध्वजामुनी
गोर्खालीको “गोर्खे” छोरो खुकुरी मेरो शान
विश्व आफै चकित पर्छन् मेरो नाम सुनी
डाँडा काँडा प्रकृतिले सजिएको बेहुली सरी
विश्वले नै बोलेको छ जलस्रोत को धनी भनी
हिमाल, पहाड, तराईले बनेको छ शरीर मेरो
जसले आँखा लाउँछ यहाँ ढाल्छु गनी गनी
तिम्रै नाममा मर्न परे मर्छु हाँसी-हाँसी
बाचुन्जेल बस्ने मन छ तिम्रै दासी बनी

गोर्खालीको “गोर्खे” छोरो खुकुरी मेरो शान !
तपाईको गजलको भावले आफ्नो देश प्रतिको भाव जगाउदछ । धेरै राम्रो गजल…………………………………………………।
धन्यबाद रोहन ज्यू तपाईको
धन्यबाद रोहन ज्यू तपाईको सल्लाह म मनै देखि स्वागत गर्दछु ।