मेरो मनको भावनासँग खेल खेल्नेलाई
खै कसरी रोक्न सकिन्छ छ र ?
हृदयमा विरहको चोट दिनेलाई
सजिलै कसले पो बिर्सन्छ र?
मायालुको बाटो भएर विरहको चोट दिएर गएपछि
सँगै हिडने कसम खाई बिच बाटोमा पाईला मोडेपछि
कसले कसममा विश्वास गर्छन र?
हृदयमा विरहको चोट दिनेलाई सजिलै कस्ले पो बिर्सन्छ र?