Skip to content

भावनासँग खेल खेल्नेलाई


मेरो मनको भावनासँग खेल खेल्नेलाई
खै कसरी रोक्न सकिन्छ छ र ?
हृदयमा विरहको चोट दिनेलाई
सजिलै कसले पो बिर्सन्छ र?

मायालुको बाटो भएर विरहको चोट दिएर गएपछि
सँगै हिडने कसम खाई बिच बाटोमा पाईला मोडेपछि
कसले कसममा विश्वास गर्छन र?
हृदयमा विरहको चोट दिनेलाई सजिलै कस्ले पो बिर्सन्छ र?

प्रेमको संसार बनाई आफैले भत्काए पछि
प्रेम सागर तर्ने वचन विर्सि अरुको हात समाएपछि
कसले हृदयमा स्थान दिइरहन्छ र ?
भावनासँग खेल्नेलाई खै कसरी रोक्न सकिन्छ र?

मलाई समाउने हातले पराईलाई समाए पछि
मैले खेल्ने हृदयको अगेनीमा अरुलाई सजाए पछि
यो मन कसरी हासिरहन सक्छ र?
हृदयमा सजिलै विरहको चोट दिनेलाई सजिलै कसले पो विर्सन्छ र ?

विछोडको रापमा जलेको यो मन लिइ भौतारिन परेपछि
हृदयकी साथीलाई छाडी एकलै हिडन परेपछि
कसरी प्रेमलाई आत्माको मिलन भन्न सक्छ र?
भावनासँग खेल खेल्नेलाई खै कसरी रोक्न सकिन्छ र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *