मिलन एस.डी. “गुरु”
फेसबुकको भित्ता होईन मेरो ह्दय
फेसबुकको भित्ता होईन मेरो ह्दय
तिमीलाई मनोमानी कमेण्ट लेखन लगाइरहने
प्रत्येक स्टाटसमा लाईक अनि सेयर खोजिरहने
शब्दका जाल विछाई ब्यपार गर्न दिईरहने
वर्षाैदेखी तिमीलाई अन्जान बनि ह्दयमा खेल्न दिए
आफनै हौ की भनि आत्मियता नजिक राखेको थिए
तिम्रो प्रेम त जीवनको वाटो हुन भनि सपना साचेका थिए
इश्वरको पुजा समझी प्रेमको दिप वालेको थिए
तर तिमीलाई मेरो ह्दयस्पर्षी प्रेमको तरगले छोएन
तिमी प्रति गरेको मेरो विस्वास र आस्थाले पुगेन
र त तिमीले महल अनि भिन्न स्वरुपहरुमा प्रेम खोजिरहेयौ
मेलै समपर्ण गरेका प्रेमका थुगांहरुलाई लत्याईरहेयौ
वेदनाले भरिएको प्रेम कहानी….
आँसु बनि बग्यो हाम्रो प्रेम कहानी
बैगुनीको श्रापले माया भयो खरानी
याद केवल रहयो अव मायाको निसानी
कसले बुझ र ? वेदनाले भरिएको प्रेम कहानी
हात माग्यो साथ माग्यो हासेरै सुम्पिदिए
आखा भित्र प्रेम खोजे ह्दय नै साटिदिए
ह्दयसगै जीवन मेरो उनलाई राखिदिए
जुनि जुनि तिमै्र हुन्छु भनि वाचा सवै गरि दिए
विना अर्थको सम्बन्ध बन्यो हाम्रो प्रेम कहानी
उजाड बनाई गयो मेरा हरेक शुभ विहानी
अधुरै रहयो एकलै वित्दैगयो निराश यो जिन्दगानी
फर्केन कहिलै सम्झेन्न कहिलै गरि गए वैमानी
कैयो रात त्यसै ढलेर वित्यो पखाईमै कुरेर
आखा भरि आसुँ बन्छ मुटु आफै चिरिएर
दासताको विउ टिकदैन धेरै दिन…..
दासताको विउ कसले पो रोप्यो हाम्रो समाजमा ?
बाध्याता भित्र बाचनु पर्ने सदैव अपमानमा
मान्छेको जात मान्छे नै हुन्छ भन्ने नि विर्सन्छ
अपमानको रेखा स्वार्थको निम्ति कोरिनै रहन्छ
ज्ञानले भन्छन मानवता खोज छैन है दासता
जीवनको सार न हरनु कोही पारेर विवशता
मानवको धर्म शिक्षाको आर्जन पहिलो समपति
एकले पनि विर्से शिक्षाले हुनेछ दुर्गती
मानवको तेस्रो आँखा भन्छ शिक्षाको त्यो ज्योत
धर्म विना जीवन पनि हरन्छ है खोट
पाएको जीवन जीउनलाई हो कलाले जिउनु
दास बनाई रगतको प्यासी कहिलै नहुनु
दासको जन्जिर ह्दयबाट सवले हटाउ
मानवता निम्ति मानववीय दिप बाल्नलाई सिकाउ
नाता साईनो पनि वेचिदो रहेछ
नाता साईनो पनि वेचिदो रहेछ
जव मनमा लोभ लालचको बाढि आउछ
प्रेम र सत्य पनि तौलिदो रहेछ
जव अज्ञानताले नेतृत्वमा राज जमाउछ
निती नियम पनि झन्झट हुदोरहेछ
जव ह्दयलाई कपटताले घेरिदिन्छ
आसुको पनि मुल्य पनि हुदोहरेछ
जव पैसालाई विवेकले छेकिदिन्छ
जन्म दिने पृष्टभुमी पनि मेटदो रहेछ
जव शरीरको प्यास मेटाउने कोही आउछ
कोक्रो बनेको काख पनि विरानो बन्दोरहेछ
जव यौवनको नशामा जीवन विलाउछ
हिडन सिकाउने आगँन पनि विर्सिदो रहेछ
जव हिडन सक्ने खुटा भए पछि
जन्म दिने पृष्टिभुमि मेटन तम्सिदोरहेछ
जव दुई चार पैसा खेलाउन थाले पछि
अतित पनि सपना जस्तै ठान्दो रहेछ
सदैव अंगालोमा राख्न सक्दिन प्रिय …
तिमी मेरो धडकन हौ प्रिय
तिमी विना मेरो जीवन अधुरै रहन्छ
तिमीलाई देख्न नपाउदा ह्दयमा
वेचैन त पैदा भईरहन्छ
तिमी नै मेरो अंगालेका हकदार पनि हौ
तिमी वाहेक यो अंगालो शुन्य रहन्छ
तर पनि सदैव यो अंगालेमा राख्न सक्दिन प्रिय
यो आत्माले मलाई भनिरहन्छ
मैले तिम्रो माया पाउनु पुर्व नै
कसैले हिडाएको थियो
तोते वोली सिकाउदा सिकाउदै
केही सपनाहरु सजाएका थियो
त्यहि सपनाहरु वेला वेलामा
सम्झना वनि आईरहन्छ
त्यहि आमाको सपना पुरा गर्न
यो आत्माले भनिरहन्छ
त्यो वालापनको अंगाले थियो
ममता र स्नेहको दिप थियो
सदैव प्रकाशमय बनेको सानो अाँगन थियो

मेरो मनको भावनासँग खेल खेल्नेलाई