Kamalprakash
गजल
कमल प्रकाश पौडेल
एक जागिरले पेट पाल्न, मुस्किल छ काठमाडौँमा |
दश हजारले मैना फाल्न, मुस्किल छ काठमाडौँमा ||
किन यस्तो सस्तो पैसा, जीवन भने महँगो भो |
एकसरो लुगा हाल्न, मुस्किल छ काठमाडौँमा ||
पाहुना आए ताला लगाई, हतार गरी टाप कस्यो |
सबैलाई चुलो बाल्न, मुस्किल छ काठमाडौँमा ||
पशुपति दर्शन गर्ने, मेसो पारी हुल आउछन् |
धरोधर्म पाईला चाल्न, मुस्किल छ काठमाडौंमा ||
स्तर अनुसारको खाना, लुगाफाटो लाउनै पर्ने |
इज्जतको प्वाल टाल्न, मुस्किल छ काठमाडौँमा ||
रचनाकाल : २०६८/०८/१७ शनिबार, काठमाडौँ |

मेरो देश मलाई नै, चिन्न छाड्दै छ रे अब
त्यो भीडमा सिंढी चढ्दा, कर्के नजर् हानी हेर्यौ ।