Skip to content

राष्ट्रिय गजल (मेरो देश मलाई नै)


मेरो देश मलाई नै, चिन्न छाड्दै छ रे अब
बहुमत र अल्पमतमा, राज्य भाड्दै छ रे अब

पुरोहित, मलामी र, जन्तीसँगै मिली जाने
फरक जात काट्नु भन्दै, किल्ला गाड्दै छ रे अब

आफ्नो प्रदेश भए पो त, रातमै धनी भइन्छ त
श्रमिक वर्ग मालिक बन्ने, सपना बाढ्दै छ रे अब

बाहुन, क्षेत्री सबै मिल्दा, राज्य कब्जा हुँदैन रे
जाति स्वायत्तता भन्दै, रगत् साट्दै छ रे अब

झण्डा जलाउ, वेद पोलौं, युगौं धान्ने पहिचान
गाई काटी ‘कमल’ फूलमा, गोडा माड्दै छ रे अब
मेरो देश मलाई नै, चिन्न छाड्दै छ रे अब

-मिति : २०६९/०१/२८,

Leave a Reply

Your email address will not be published. Required fields are marked *