Skip to content

Yagyarajkhanal

जिन्दगी जिउनुको मजा नै हरायो यार

जिन्दगी जिउनुको मजा नै हरायो यार
जब किस्मत ले उनको र मेरो बिच द्वन्द्व गरायो यार ।
निभ्न थालेको विवादको आगोमा पेट्रोलरुपि घृणा थपेसि,
जिउदै  चितामा राखि, भावना मेरा भतभति जलायो यार।।
✍️ यज्ञ राज खनाल
प्रदेश नं ७, धनगढी कैलाली

लास बनेर आयो

माथिल्लो  कथित जात आज भूत पिचास बनेर आयो ।
दलित भन्ने शब्द उसको लागि अन्तिम सास बनेर आयो।।
बुढेसकाल छिरेकि बुढि आमा रुँदै ती आँसु झार्दै भन्छिन्
बेहुला बनि बुहारी ल्याउँछु भनि हिनेको छोरो आज लास बनेर आयो।
✍️ यज्ञ राज खनाल
प्रदेश नं ७,धनगढी कैलाली

यहाँ के के भेटिन्छ

यहाँ मातृभूमि त्यागि दिनप्रतिदिन विदेशीनेको लहर भेटिन्छ
मेलापाखा गर्नै त्यो विरे नि आजभोलि गाऊँ छोडि शहर भेटिन्छ

रुँदै छोरा कुर्दै एक्लै बुढेसकाल कटाइरहेकि बुढि आमा
मर्नू भन्दा पहिले छोरोको अनुहार हेर्न पाऊँ भन्ने प्रहर भेटिन्छ

कसको के नै विश्‍वास गर्नु छ र यो स्वार्थी दुनियाँमा
अमृत पिलाउछु भन्ने कै ब्यवहारमा जहर भेटिन्छ

पाप पखाल्न मठ,मन्दिर,तीर्थ धाउने धनीहरू,जाउ पखाल पाप
उ पर त्यो गरिब को दैलो मा पाप पखाल्ने नहर भेटिन्छ
✍️ यज्ञ राज खनाल
प्रदेश नं ७, धनगढी कैलाली

तिम्रो साथ हुन्थ्यो भने

रुमलिन्थेन मन कतै यदि तिम्रो मेरो बात हुन्थ्यो भने
मेरो हरेक मुस्कान पछाडि यदि तिम्रो हात हुन्थ्यो भने।
मतलबी यो संसार जिति सक्थे
यदि अहिले सम्म  तिम्रो साथ  हुन्थ्यो भने ।।
✍️ यज्ञ
प्रदेश नं ७, धनगढी कैलाली

“खै पुगेन अझै”

ज्याला मजदुरी गरि दुई छाक टानॅ, पुगेन रे तिम्रो शासनले
गाऊँ बस्तिका ति सडक त्यस्तै छन्, खै पुगेन तिम्रो भाषणले

कति गिर्छो ऐ राष्ट्रघाति शोसक , पुगेन यति फन्डाले
वाइडवडि,महरा, सुन, जग्गा अनि कीट, खै पुगेन अझै यति कान्डले??????
✍️ यज्ञ

प्रदेश नं ७, धनगढी कैलाली