Skip to content

ajayadhungana

ajaya 152207

गजल (अजय ढुंगाना)

कस्तो अनौठो शुन्यता जीवनको,
बिराएछु बाटो कता जीवनको,

पर्खाई असजिलो, कमजोर मनमा,
सहदैछु कठोर व्यग्रता जीवनको,

मनको ज्वालाले पोल्दछ मुटु,
हुदैन किन शितलता जीवनको,

पलहरु खुशीका भाग्दैछन् दुर,
किन बढ्दैछ बिबशता जीवनको,

देख्दैछु घृणित रुप, तुच्छ कुरूप,
बाकी छ केवल नग्नता जीवनको |

अजय ढुंगाना
१३/०३/२०११
लण्डन

आफ्नै आँखा आफैसँग छलेर पिउदैछु !

नसोध म कुन यथार्थमा ढलेर पिउँदैछु,
आफ्नै आँखा आफैसँग छलेर पिउँदैछु,

छैन भन्छ्यौ माया, बिंर्सदै त्यो अतीत,
तर तिम्रो मायाको नशाले गलेर पिउँदैछु,

१ मुक्तक; अजय ढुंगाना

अनौठो छ मनमा आशा कस्तो कस्तो,
केही पनि नबुझिने भाषा कस्तो कस्तो,
हारेरै सकियो आफ्नो भन्ने सबै सबै,
आफ्नो दाउ नपर्ने पाशा कस्तो कस्तो |

तिम्लाई पाउन कयौ दुःख गर्ने पर्ने रैछ

सयौ खोला अरु पनि तर्नै पर्ने रैछ,
तिम्लाई पाउन कयौ दुःख गर्ने पर्ने रैछ,

के गढ्थ्यो र माया गाढा टाढा टाढा बस्दा,
तिम्रै घरको छेउमा डेरा सर्नै पर्ने रैछ,

समाजको बात लाग्ने आफन्त नि टाढा हुने,
माया हुन यस्तै दुःख पर्नै पर्ने रैछ,

RanjanaDhunganaPoudel

मझेरीमा उनैलाई कुरिरा’छु

मझेरीमा उनैलाई कुरिरा’छु आज भोलि,
भनिदिनु धेरै धेरै, सोच्ने भा’छु आज भोलि,

टेढिएको उनको मन फर्कन्छ कि भन्ने ठानी,
भनिदिनु उनकै लागि, मन्दिर धा’छु आज भोलि,

जल्दो मैनबत्ती

धेरै दिनपछि, म आज यहाँ आएको परिवर्तनलाई अनुभूत गर्न खोज्दै थिए । म, मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिएँ । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झैं लाग्छ, मेरो वर्तमानले । म आँखा चिम्लिएर ती दिनहरूलाई बिर्सन खोज्थें । तर अपशोच म आफ्नो बिगतबाट टाढा भाग्नै सक्दिनथें ।

खुल्ला आकाशमा अल्झिएका एक दुई टुक्रा बादललाई नियाल्दै म सोचिरहेछु । मेरो हातमा मैले बुन्दै गरेको निलो रंगको स्वीटर छ । मलाई निलो रंग मनपरेको छैन र पनि धागो बदल्नलाई यहाँ आएको परिवर्तन सामर्थ्यवान छैन ।