Skip to content

तिम्लाई पाउन कयौ दुःख गर्ने पर्ने रैछ


सयौ खोला अरु पनि तर्नै पर्ने रैछ,
तिम्लाई पाउन कयौ दुःख गर्ने पर्ने रैछ,

के गढ्थ्यो र माया गाढा टाढा टाढा बस्दा,
तिम्रै घरको छेउमा डेरा सर्नै पर्ने रैछ,

समाजको बात लाग्ने आफन्त नि टाढा हुने,
माया हुन यस्तै दुःख पर्नै पर्ने रैछ,

के फल्थ्यो र माया मीठो, तिरस्कार र घृणामा,
समाजमा सस्कारको राम्रो विउ छर्नै पर्ने रैछ,

तिम्रो मीठो मायाको, जुनीभरि साथ पाउन,
नया रीतको माना पाथी भर्नै पर्ने रैछ |

अजय ढुंगाना
१/2/२०११
लण्डन

http://www.abhinaw.com/2011/02/blog-post_01.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *