Skip to content

शास्वत प्रेम (कविता)


अनवरत आफ्नो यात्रामा,
मसँगको सामिप्यता,
म गास्छु या उनी गस्छिंन,
थाहा छैन,
तर पनि,
निकटता बढ्छ,
स्नेह बढ्छ,
हार्दिकता बढ्छ ।

हरेक झिसमिसेमा,
म उनीलाई भेट्न पुग्छु,
उनी मलाई भेट्न आउँछिन,
बात मर्छिन शब्द तरंगमा,
खबर सुनाउँछिन नया र नुतन,
म सुन्छु टोलाउछु,
अनि आफैंभित्र हराउँछु,
हाम्रो भेट चोकमा हुन्छ,
गल्लिमा छुटिन्छ,
उनी सुगन्धी फूल लिएर आउँछिन,
बसन्ती बहार लिएर आउँछिन,
म बुझ्दिन उनलाई,
नारी भाव दर्शाउछिंन उनी,
सुनौलो प्रभातमा आशाको किरण,
नवीन उषामा बिश्वासको तरंग,
उनी मुस्काउछिंन,
म हेर्छु,
उनी जान्छिंन,
म पथ प्रर्दशक हुन्छु,
तर फर्केर आउछु,
जंघारमा कुर्छु,
पर्खेर बस्छु,
किनकि म उनीलाई प्रेम गर्छु,
उनी मलाई गर्छिन या गर्दिनन,
लहरा र कन्दराहरुलाई सोध्छु,
पुष्पलतालाई सोध्छु,
जल किनाराका शितल, कोमल
वृक्षहरुलाई सोध्छु,
वृक्षहरुमा बस्ने,
शरीकालाई सोध्छु,
निर्झर जंगलमा डुल्ने,
मृग मरिचीलाई सोध्छु,
म उनीलाई प्रेम गर्छु,
उनी मलाई गर्छिन या गर्दिनन,
हाम्रो प्रेमको शास्वत साक्षी,
ढुंगा माटो र बगरलाई सोध्छु,
किनकि उनी नदि हुन्,
बिशाल हृदयकी,
निस्छल, कन्चन सरिता
तर विवश म एउटा माझी
केवल माझी………

http://www.abhinaw.com/2011/02/blog-post_03.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *