Skip to content

birahilama

मेरो एउटा साथि छ !!

गजल

शब्या शिष्टले भरिएको मेरो एउटा साथि छ !!
पौरखी हात उच्च बिचार साह्रै साह्रै जाति छ !!

मन्द मुस्कान कोयली बोलि रुप छ परिको !
साँचै ऊनी फूल र त्योजून भन्दा राम्रि छ !!

आशु आफ्नै लुकाई बरु अरुकै पुस्छु भन्छिन
अत्ति बुझ्ने भाव बोकेकी अशल नारि छ !!

भन्छिन न हो लेखेको मेरो भागमा खुशी !
हजुर खुशी देख्न पाए यहि मलाई काफ़ि छ !!

नजिक और दूर गर्ने हाम्रो बसको बात होइन !
भन्छिन ऊनी यस्को फैसला गर्नेत् माथि छ !!

बिरही लामा
लम्जुङ्ग
हाल साउदी रियाध

नाच्ने आफ्नै ‘थ्यो !

गजल

अपत्तीमा परि म तड्पिदा नाच्ने आफ्नै ‘थ्यो !!
पराई बनि मेरो दुःख मा हाँस्ने आफ्नै ‘थ्यो !!

हेर्दा खेरि धार त्यो खुकुरी को देख्या थे’न !
था’भो भित्र भित्रै छम छ्मी काट्ने आफ्नै’थ्यो !!

जब उठ्थ्यो सफलताको लागि मेरो कदम !
बाटो भरि काडा बिछ्याई छाड्ने आफ्नै ‘थ्यो !!

मैले जब शिखर चड्न खुट्किलो राख्दै गएँ !
तानी खुट्टा मलाई भूईमा ढाल्ने आफ्नै ‘थ्यो !!

सक्छौ गर भनि चुनौती फाल्ने आफ्नै ‘थ्यो !
मेरो मजबुरी हेरी दाऊ थाप्ने आफ्नै ‘थ्यो !!

बिरही लामा
लम्जुङ्ग
हाल साउदी रियाध

सोच्या थिइन मैले

सोच्या थिइन मैले आमा म हत्तारमा फर्किन्छु
साहुको ऋण तिरी नसक्दै बकासमा फर्किन्छु

आफ्नो मात्रै कहाँ होर सपना बा-आमाको पनि
टुक्रा टुक्रा पारी आज विस्वास घातमा फर्किन्छु

na chha bahar !!

न छ बहार न शित्तल्ले नै छुन्छ यहाँ !
र त खाडीमा भक्कानिदै मन रुन्छ यहाँ !!

न देखेँ कोमल को पग्लिने दिल हरु नै
न फूल गुलाब न मखमली फुल्छ यहाँ !!

तातो हावा छ उस्तै आगो जस्तो घाम!
साहेरा पनि मजदुरहरु हास्दै डुल्छ यहाँ !!

ठाउ उस्तै खाडी छ मान्छे झन् पथ्थर !
न दुख्छ न दुखे कोनै बुझ्छ यहाँ !!

न पाउछ बा-आमा को माया ममता
न आफ्नो भन्ने कोहि हुन्छ यहाँ !!

बिरही लामा
लम्जुङ्ग
हाल साउदी रियाध

gaauughar chhodi aayen !

गजल

आफ्नो देशमा पाएँna जागीर खोजि खाडी आएँ !!
रहरले होइन बाध्यताले गाऊघर छोडी खाडी आएँ !!

दिनभरी ढुङ्गा बोकेर बलेना चूल्हो बिहान बेलुका
भोको पेट गरिबी पन हटाउछु सोंची खाडी आएँ !!

सुख दुःख संगै गर्छु सानी सँगै गाऊबेशि झर्छु !
भनि खाको बाच्चा र कशम तोडी खाडी आएँ !!

आउने बेला आशु झार्दै देको बिदा मेरी सानीले !
बिबसको बाटोमा झल्को उनकै बोकी खाडी आएँ !!

नथ्यो चाहा न रहर आफ्नो ठाउ छोडी आउनलाई !
हरदिन हर रात हो बिबस्ताले घोची खाडी आएँ !!

birahilama
लम्जुङ्ग
हाल साउदी रियाध

धेरै झल्को

धेरै झल्को तिम्रो आउदा खेरी आज
बल्झी बिगत दुख्यो मुटु फेरी आज

फूल जस्तो मन तिम्रो ढुँगा भैदिँदा
छाती भित्र चल्यो अधी बेरी आज

केछ खबर बुझ्नमैले नपाउदा तिम्रो
रुदै छू म तिम्रै तस्वीर हेरी आज

बिरही लामा
लम्जुङ्ग खुदी ४
हाल साउदी

गजल (बसाउला नेपालैमा)

आउछु घरै बिदेश छोडी बसाउला नेपालैमा
खाउला बरु ढिढोकै रोटी बसाउला नेपालैमा

हातमा कोदाली काँधमा हलो र जुवा राखी
आफ्नै सुरको टुट्को जोति बसाउला नेपालैमा

भन्नै नमिल्ने क्या !

भन्नै नमिल्ने क्या के के हो केके
बोल्छ मनले छ्या के के हो केके

त्यो दिन र त्योरात सम्झन्छ
सँगै ऊ र म खेल्या केके हो केके

फ़ुकाउछ बितेको ति पलका पोका
मुटुमा लुकाई रा’ख्या केके हो केके

उदासी र खिन्न हासो र आशुहरु
मनले मुटुमा संच्या केके हो केके

देश लामा
लम्जुङ्ग
बगैचा

होस् न त् काली के फरक पर्छ !

होस् न त् काली के फरक पर्छ
गोरी न ऊ चाली के फरक पर्छ

चाहिन्ने त् दिल हो नि राम्रो
रुप न हो,न माली के फरक पर्छ

काली र गोरी हो मान्छे एउटै
भन्ने सोंच संगाली के फरक पर्छ

मान्छे भै मान्छेलाई चिन्नु बरु…
मनको मैलो फाली के फरक पर्छ

देश लामा
लम्जुङ्ग
बगैचा ..

निठुरी बनि तिम्ले ,थाप्यो पासो किन !!

हातमा हात राख्यौ,बिना चासो किन !
निठुरी बनि तिम्ले ,थाप्यो पासो किन !!

भन्थ्यौ माया गरेछु,जुनी भरि भरिको
बन्यौ तिमी पराइको ,प्यारो नासो किन !!

दिन्न भन्थ्यौ दर्दहरू,जीवन को यात्रामा
रुवाई मलाई तिम्ले ,लायौ टासो किन !!

पाएछौ र गुलाबको, कुल्ची गयौ प्यौली
श्यूरी दिलमा राख्नु,लाग्थ्यो खाचो किन !!

रैछ र पो अर्कै तिम्रो,बाह साट्ने मान्छे
झुटो रैछ माया तिम्रो ,भन्यौ साचो किन !!

बिरही लामा
सिम्पानी ९ लम्जुङ्ग
हाल साउदी खाडी

दिन्छु साथ

एकमुठी सास मेरो, चलुन्जेल साथ दिन्छु म
नसम्झा दुई दिनको, बँचुन्जेल साथ दिन्छु म

चोखो प्रेम हो मेरो, कुनै झुटो कथा नसम्झ
ज्यान देखि प्राण, नछुटुञ्जेल साथ दिन्छु म

पालुवा मुना पलाउने बेला !!

पालुवा मुना पलाउने बेला
बसन्त ऋतु रमाउने बेला

बनैभरि फुर्र,जुरेली नाची
कोईलि लाई,हँसाउने बेला

बिहानी सँगै,झुल्किने घाम
हिमाल देखि,लजाउने बेला

गुधुलीले पनि,चाँदनी लाई
साथ्देऊ भनि,फकाउने बेला

परदेशैमा रैछु,म दुःखी हेर
आफ्नो गाउँ,बनाउने बेला

सुहानी होला,मौसम कति
मन्दफूल हरु,बसाउने बेला

बिरही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी
हाईल

बरै काठमान्डौ तिमी

बरै काठमान्डौ तिमी
आत्ति बिस्यर भो
आत्ति हेला भो
तिम्रो स्याहार गर्ने
कोहि भएन …
दुनियाँ तिमी माथि
नाचेको छ
तिम्रो छाती कुल्ची
हाँसेको छ
तर तिम्रो ख्याल राख्ने
कोहि भएन…
के भूल थ्यो कुन्नि तिम्रो
जो कोहि आए पनि
तिम्रै छाती टेक्छन
तिम्रै गला फोरछ्न
तर तिम्रो संरक्षण गर्ने
कोहि भएन..
लुछे राम्रै सँग तिमीलाई
रहेन केहि बाँकी तिमी.
लुट्यो तिमी रित्तो भो
तर तिम्लाई नेया दिने
कोहि भएन…
देखिन तिम्रो आँशु पुस्ने हातहरु
देखिन तिम्लाई माया गर्ने कोहि
रहेन तिम्रो मूल्य केहि
तर पनि तिमीलाई
खोजिरहेछ…
अझै ..

बिरही लामा
लम्जुङ्ग-सिम्पानी-९

कतै तिमी/ कतै म रुने भो !!

लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो
यस्तै हो भने /माया जाल/आब न बुने भो

चल्छ भने/यसै गरि /सम्झौता बिना सँधै
तिम्रो मेरो /सम्बन्धको /केअर्थ ? रहने भो
लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो

साथ् संग/ छुट्यो आज /दुरीहाम्रो टाढा भो
प्रवासभो /क्षितिज भो /छुनखोजि न छुने भो
लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो

कस्तो यो/मिलन हाम्रो/ घाम र जूनजस्तो
बिछोड को/बिछोड रह्यो/संगम हुँदै न हुने भो
लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो

बिरही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल

रासन पानी महँगो भो

रासन पानी महँगो भो, घटाउने कहिले हो ?
दरिन्द्र प्यास गरिबको, हटाउने कहिले हो ?

शान्ति सुन्दर देश हाम्रो, रोजगारको खानी
गाउ र शहरयो विकाश, बनाउने कहिले हो ?