Skip to content

birahilama

मेरो देशको मूल याद आयो !!!

मेरो देशको मूल याद आयो
मर्स्यंग्दी र त्रिशूल याद आयो

हँ हँ हुँ हुँ गर्दै ओर्ली झर्ने त्यो
झर्न को भुल्भुल याद आयो

बेसी फाँट र तराई मा फुल्ने
चैतेत्यो शिमल फूल याद आयो

बादलभित्र पनि मुस्कुराई बस्ने
मनाशुलु हिम्चूल याद आयो

बिराही लामा
सिम्पानी -९
लम्जुङ्ग
बगैचा
हाल-साउदी हाईल

आफ्नै मान्छे यहाँ,ढुङ्गा परेको देखें !

आफ्नै मान्छे यहाँ,ढुङ्गा परेको देखें
दुःखमा साथ् छोडी,टाढा सरेको देखें

ओ,हो चोट परेछ नि,बरै भनि भनि
मौकाहेरी त्यै’घाऊमा,नून छरेको देखें

छुरा पो बरु उत्तिधार,देखिन है.. मैले
जति धार बचन आफ्नैले गरेको देखें

मन’फाट्ने छुवाछुत,रच्ने आफ्नै मान्छे
काडा’जस्तो उभिएर,बाटोमा बसेको देखें

चिल्लो बोलि घस्दै, ओठको हाँसो छर्दै
गोवान ले ठुँगे जस्तै,बिष भरेको देखें

बिराही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल

यो दुनियाँ बाट मलाई,बैरीले चुँढायो भने !

यो दुनियाँ बाट मलाई,बैरीले चुँढायो भने
संसार मैले छोड्नै पर्छ,दैबले उठायो भने

तिम्रो सिउँदोमा सिंदूर,बनेर फूल्दा फूल्दै
म’हराउन कर लाग्छ,आँधीले उढायो भने

मेरो प्यारो तिमी हौ,म प्यारो दैवको भए
नरुनु है रोएर हुन्न,तक्दीरले लडायो भने

वार्तालव भेट घाट,फेरी होला कि न होला
दिन र दसाले छोपी,हामीलाई छुटायो भने

घरबार छोरा र छोरी,ईष्टमित्र धानी बस्नु
म तिमी बाट खोसेर,कालले सजायो भने

बिराही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल

बगेको खोला हो कि, बन्दुकको गोली हो ?

बगेको खोला हो कि, बन्दुक्को गोली हो ?
रोक्न नसक्ने भो रे, त्यो कस्तो बोली हो !!

हृदयमा चोट दिने त्, गुलाब कै फूल हो
यो आँखालाई रुवाउने, त्यो तिम्रो डोली हो
बगेको खोला हो कि, बन्दुक्को गोली हो ?
रोक्न नसक्ने भो रे, त्यो कस्तो बोली हो !!

नबोलेर गए पनि याद गरे पुग्छ

नबोलेर गए पनि याद गरे पुग्छ
बनाउ पराई तर सम्झी रहे पुग्छ

भनेको छैन यो माया नै गर्नु पर्छ
भेटमा खबरहरु,सोधी गए पुग्छ

तिमी त् फूल हौ,सँधै फुल्नु राम्रो
रुठेर होईन साथि,हासी गये पुग्छ

घाऊ मेरै दुखोस,नून घोल्दा हुन्छ
शितल म्हालम,तिम्ले घसे पुग्छ

बिरही लामा
सिम्पानी ९ लम्जुङ्ग
हाल साउदी हाईल

कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने !!

एक्लै एक्लै तिमी मात्रै ,आसु पोखाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने

हासाएर मलाई सँधैभरि,तिमीआसु पुछ्दैपुछ्दै
आफूलाई मात्रै दुःख र पीडामा डुबाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने

फूल जस्तो भावलाई कस्ले भन्यो र पथ्थर छ
जो’तिमी शिशातोडे झैँ,आफैलाई फुटाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने

फैसला त् फूलको पनि,भूल हुन्छ नहुने त् होइन
भूलभयो भन्दैमा माया,गर्नेलाईनै छुटाएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने

खायो कसम जिउने मर्ने,सँग सँगै हामि भनेर
नसोधी एक्लै त्यो कसम,बाँधेको टुक्राएर आउने
कस्ले दियो हक तिम्लाई,योदर्द लुकाएर आउने

याद यादै हुन्छ,भुल्छु भनि हुँदैन!!

धारले मुटु रेटी,फुल्छु भनि हुँदैन
याद यादै हुन्छ,भुल्छु भनि हुँदैन

दिवारको ढुँगाझैँ,ठोकी कर्म पोखे
थोरै टिपी फेरी ,चुल्छु भनि हुँदैन

आकाशको बादल,जूनलाई ढाकेको
कालो च्यादर म,खुल्छु भनि हुँदैन

प्यास प्यासै हुन्छ,कलकल लाउने
भुलेर प्यास लाई,डुल्छु भनि हुँदैन

बिराही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल

नभए प्यार झर्ने फूल जस्तो !!

नभए प्यार झर्ने फूल जस्तो
अमर थियो माया जून जस्तो

मायामा बन्धन,चोखो योहुन्छ
बदलि माया नलाए,सून जस्तो

आहा राम्रो भन्नु,गल्ति होईन
तर’मन पग्ली नगए,नून जस्तो

मन हो यो दुख्छ,पथ्थर होईन
बेची माया नआऊ,ऊँन जस्तो

बिराही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल साउदी-हाईल

याद आयो फेरि, बुट्टे तिम्रो चोली

याद आयो फेरि, बुट्टे तिम्रो चोली
फर्की आएपछि, रङ्गी नियाँ होली

रम्नुपर्छ जिन्दगीमा, कहाँ हुन्छ रोई
भन्छु आफै रुन्छु, तस्बीर तिम्रो छोई
होलीले पो बेह्री, ल्यायो तिम्रो बोली
फर्की आएपछि, रङ्गी नियाँ होली

जोत्ने गोरुको सिङ भाँचेर के बिग्र्यो र ?

कतै सीमाना बिख्यो भन्ने हल्ला चल्यो
कतै ढुकुटीनै रित्त्यो भन्ने हल्ला चल्यो

जोत्ने गोरुको सिङ भाँचेर के बिग्र्यो र ?
त्यै गोरुले देशै, जोत्यो भन्ने हल्ला चल्यो

जे भन्छु एउटै हामी

जे भन्छु एउटै हामी, भन्छौ यो दिल खुलाएर
खुल्लम खुला आब, डुल्छु यो माया फुलाएर

लुकी छिपी गरेर माया, लाऊ कति दिन सम्म
लाउछु आज सब्कै सामू, छाती यो ठो’काएर

आफ्नो ज्यान भन्दा ठूलो होईन दाम

आफ्नो ज्यानभन्दा ठूलो होईन दाम
बढ्यो होला गर्मी गर्नु जोगाई काम

लिनु साथमा पानी पिउनु प्यास लाग्दा
मरुभूमिमा चर्की चर्की आउदा घाम

यो हातमा सराब छ, म सच् बोल्दै छु

यो हातमा सराब छ, म सच् बोल्दै छु
यो चिजै “ल” जवाफ छ, म सच् बोल्दै छु

किनेर पिउन जाऊँ, दिन्न रैछ नसा नि
मेरो अलगै हिसाब छ, म सच् बोल्दै छु