Skip to content

दिन्छु साथ


एकमुठी सास मेरो, चलुन्जेल साथ दिन्छु म
नसम्झा दुई दिनको, बँचुन्जेल साथ दिन्छु म

चोखो प्रेम हो मेरो, कुनै झुटो कथा नसम्झ
ज्यान देखि प्राण, नछुटुञ्जेल साथ दिन्छु म

उकालो र ओरालो, जिन्दगीको बाटो घुम्ती
काटेर गन्तव्यमा, नपुगुन्जेल साथ दिन्छु म

तिम्रो हाँसो खुशी, सुखदुःख आँशु पीडामा
यो जिन्दगी मेरो, रहुन्जेल साथ दिन्छु म

नदी झैँ बग्ने हाम्रो, दुई दिने चोला छ है
यो चोलाको खोला, तरुन्जेल साथ दिन्छु म

बिरही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल- साउदी जुबेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *