Skip to content

Bishal G Ananta

पुज्दिन ढुङ्गो अब

पुजिसकें पुज्नु जति पुज्दिन ढुङ्गो अब
मुर्ख बन्नु अझ कति पुज्दिन ढुङ्गो अब

पुष्प चँुडि पत्थर पुज्ने पापी रहेंछु म
बर्षौं लाग्यो बुझ्न यति पुज्दिन ढुङ्गो अब

जन्मदा रीत्तो आको रीत्तै छु आज पनि
के नै गर्छ मेरो खति पुज्दिन ढुङ्गो अब

छैन इश्वर भएपनि उ आँफै छ निर्दयी
हेरीबस्थ्यो जाँदा सति पुज्दिन ढुङ्गो अब

सँधै पुज्ने सडकमा छ सुख भोग्छ अर्को
कसम हो एकै रति पुज्दिन ढुङ्गो अब

अनि लेख्छु गजल

जब दुख्छ मेरो यो दिल अनि लेख्छु गजल
जिउननै हुन्छ मुस्किल अनि लेख्छु गजल

हजार आउँछन ब्यथै ब्यथा कहाँ छुपाउनु
बसेर रुन्छु पिलपिल अनि लेख्छु गजल