पुज्दिन ढुङ्गो अब
पुजिसकें पुज्नु जति पुज्दिन ढुङ्गो अब
मुर्ख बन्नु अझ कति पुज्दिन ढुङ्गो अब
पुष्प चँुडि पत्थर पुज्ने पापी रहेंछु म
बर्षौं लाग्यो बुझ्न यति पुज्दिन ढुङ्गो अब
जन्मदा रीत्तो आको रीत्तै छु आज पनि
के नै गर्छ मेरो खति पुज्दिन ढुङ्गो अब
छैन इश्वर भएपनि उ आँफै छ निर्दयी
हेरीबस्थ्यो जाँदा सति पुज्दिन ढुङ्गो अब
सँधै पुज्ने सडकमा छ सुख भोग्छ अर्को
कसम हो एकै रति पुज्दिन ढुङ्गो अब

एउटा दरबार बनाउन