Skip to content

अनि लेख्छु गजल


जब दुख्छ मेरो यो दिल अनि लेख्छु गजल
जिउननै हुन्छ मुस्किल अनि लेख्छु गजल

हजार आउँछन ब्यथै ब्यथा कहाँ छुपाउनु
बसेर रुन्छु पिलपिल अनि लेख्छु गजल

शक्तिले माड्या, प्रेमीले छाड्या भौतारिरहन्छन
हुन्छु म तिनमै सामिल अनि लेख्छु गजल

रिस उठ्छ कल्पनामै मुद्दा हाल्छु दैवलाई
हार्दछ मनको वकिल अनि लेख्छु गजल

भरेर मेरो जीवन,रीत्तिदै जान्छन बोतल
संसार यो देख्छु स्वप्निल अनि लेख्छु गजल

Leave a Reply

Your email address will not be published. Required fields are marked *