गुरु पूर्णिमा
अन्धकार हटाएर, ज्ञान ज्योति बढाउने। ।
गुरु मात्र सदा एक, अात्म ज्ञान गराउने ।
परासर सुत ब्यास, दमौलीमा रमाउने ।
लिपि बद्ध गरी वेद, चार भाग लगाउने।
ज्ञानका सर्व भण्डार , विश्व विख्यात पण्डित ।
ब्रह्माण्ड ज्ञानका स्रोत, ब्यास ज्ञान अखण्डित ।
सम्पूर्ण ज्ञानको केन्द्र , अट्ठारह पुराण नि ।
वेद मन्त्र सवै शास्त्र, उनैको देन हो पनि ,
त्यसैले ‘वेदब्यास’ नै, राखियो नाम सुन्दर।
नसुन्ने वेदको नाम , विश्वमा आज कुन्छर ?
पुराण ती अठारै नै, ज्ञान सागर लेखियो ।
आषाढ शुक्ल पूर्णिमा , गुरुकैनाम अर्पियो ।
यसै दिन दमौलीमा, गुरु जन्म भए छ नि ।

