नबन मनको दास
नाक मुख तथा आँखा, कान त्वचा खुराक हुन्,![]()
![]()
स्वादिष्ठ मनका मीठा, यिनै विश्व नचाउँछन् ।
नाक मुख तथा आँखा, कान त्वचा खुराक हुन्,![]()
![]()
स्वादिष्ठ मनका मीठा, यिनै विश्व नचाउँछन् ।
शुखी रहुन् सवै जन
@@@@@@@@
रवि शशि हेर्दै पद्म, चौरासी वर्ष लाग्दछ ।
पाउ अष्ट चिरन्जिवी, दण्डवत् पनि गर्दछ ।।
वेद मन्त्र गरी पाठ, योगादि ध्यान गर्दछ ।
शुख शान्ति विश्वको, कामना आज गर्दछ ।।
पवन जल आकाश, संयुक्त थल तेज छ ।
निर्मित तन हाम्रो यो, पक्कै त्यस्तैज हुन्छ त ।।
रवि शशि दिउन् राम्रो, उच्च प्रकाश सर्वदा ।
सरस्वती दिउन् ज्ञान, हरुन् सवै अज्ञानता ।।
गणेश लेखनी राम्रो, दिउन् अक्षर लेख्न नै ।
याज्ञबल्क्य आदेश, कसै हुदैन बिर्सनै ।।
अष्ट चीरीन्जिवीसित, आशिष मागीकन ।
छ आशीर्वाद बान्धव, सम्पूर्ण बन्धुमा मन ।।
विश्व मानवको शान्ति , कामना दीर्घजीवन ।

यूरोप यात्रा : उपसंहार
बैनी ज्वाईँ बधूभाइ,नातिनी नाति प्यारा नि,
विबिध विषयै ज्ञानी, गहन सागरै पनि।
महाध्यापक विश्वकर्मा, छन् प्रतिष्ठित आँग्लमा ,
आमन्त्रण बिदामा यो, यूरोप घुम्न जानमा ।
कार्यक्रम बन्यो हाम्रो, यात्रा तीस दिने पुरा ,
सपत्नी पुगियो त्यता, बिर्सी नेपालका कुरा।
आँग्लका देशमा पूर्ण, श्वेतलाई सिकाउने ,
मरासिनी र नेपाल, उनैलाई कज्याउने ।
बहिनी नातिनी प्यारा ,सहायक प्रति घडी ,
बनी चिकित्सकै दुवै, प्राणदान दिने पनि ।
स्टोनहेंज स्तम्भ
ंंंंं पद्मराज काफ्ले
स्टोनहेंज Stonehenge) इंग्लैंडको विल्टशायर काउन्टीमा एउटा प्रागैतिहासिक अकल्पनीय विशाल कलाकृति लन्दन ब्रिजबाट उत्तरतिर सतासी माइलको दूरीमा अवस्थित रहेछ । अगस्त १७, २०१९ का दिन इँजीनियर श्री हरि नेपाल, प्रोफेसर जया नेपाल, प्रोफेसर डाक्टर रमेश मरासिनी र बिन्दु मरासिनीसमेत सपरिवार इस्ले (Eastleigh) निवासबाट करीब सवाघण्टाको ड्राइभमा पुगियो ।
त्यस दिन प्रकृतिले पनि हामीलाई साथदियो । अघिपछि सदै झमझम बर्षा हुने र चिसो वायुले थुर्थुर कँपाउने ठाउँमा टलक्क टल्कँदै झलत्क झल्कँदै सूर्य देवले पनि स्वागत गरे हामीलाई !