Skip to content

kajidai

मौरी बनी चर काली

तिमी लेक म बेसीमा, बेसीतिरै झर काली
जुनी जुनी मुटुभित्र सजाएर यस्तै माया गर काली

फुल तिमी भमराले दु्ख देलान, नजाऊ पर पर काली
कहिले हुने हामी दुई देउरालीको पीपल-बर जस्तो काली

क्रान्ति

गर्छौ भन्ने नेताले नै मिलिजुलि खाएपछि,
फेरि क्रान्ति हुन्छ अर्को जनताले चाहेपछि ।

राज्यकोष रित्तो पारी बिदेश शयर गर्नेहरू
कोचिनेछन् सबै जेलमा नयाँ व्यवस्था आएपछि।

मानिसको जात उस्तो

घाम देख्यो घाम राम्रो,जुन देखे जुन राम्रो
मानिसको जात उस्तो ।
बाहिर बाहिर ठिक्क पार्ने,भीत्र भीत्र छुरी धस्ने
मानिसको बात उस्तो ।
खोला तर्यो लौरो बिर्स्यो,सबै स्वार्थी दुनियाँमा
मानिसको साथ उस्तो ।