Skip to content


गर्छौ भन्ने नेताले नै मिलिजुलि खाएपछि,
फेरि क्रान्ति हुन्छ अर्को जनताले चाहेपछि ।

राज्यकोष रित्तो पारी बिदेश शयर गर्नेहरू
कोचिनेछन् सबै जेलमा नयाँ व्यवस्था आएपछि।

कहाँ बन्छ सविधान? कहाँ बन्छ देश यहाँ?
सभासद नै क्यासिनो र मसाजघर धाएपछि

सबै डर्लान् सामन्त र शोषक भर्स्टाचारी
जनाताले जिन्दावाद र मुर्दाबादका नारा लाएपछि।

आन्दोलनले आँधीबेरी, तुफान ल्याउला
गाउँ शहर सबैतिर जनगित सबैमिली गाएपछि

क्रान्ति पुरा भएपछि,बल्ल शान्ति छाउने छ
मजदुर किसानले आफ्नो हक पाएपछि ।

खुशी होलान शहिद पनि आफ्नो सपना साकार हुँदा
मजदुर किसानका मुहारमा मुस्कान कान्ति छाएपछि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *