Skip to content

khadkakunwar

,,बाच्नु पर्ने,तडपिएर /घाउ राखी मुटुभित्र ,,

कस्तो बाटो जिन्दगीको /काडा मात्र पाउभरि !!
किन मेरो जिन्दगीले /जाच लिन्छ घरिघरि !!

,,,,बाच्नु पर्ने,तडपिएर /घाउ राखी मुटुभित्र ,,
मानिसको मर्ने चोला /नभएनी अजम्बरी !!

यता जान्छु ठेस लाग्छ /उता पनि ठेसै लाग्छ ,,
सधै भरि मलाई नै /हेर्छ दैब आखा तरि !!

सिलाउने कति हो खै /जताततै फाटेको छ ,,
छिया छिया भा छ मुटु /लाग्दा चोट ठाउ सरि !!

रोक्न खोज्छु मनको बह /रोकिदैन चाहदैमा ,,
बर्षे कै छ आखाबाट /साउनमा झैँ बर्षे झरी !!

क्षितिज पारी भएकाले जलाइदिन्छ मुटु यहाँ ,

घाऊ नै घाऊ छ् मुटुभरी कती चोट परेको हो !!
सोध्नु छ् यो आसुलाई कुन पिडाले झरेको हो !

सकिएको छैन जीवन रुन अझै बाँकी नै छ् ,,
नयनको मोती दाना किन बसाई सरेको हो !!

नरो नरो भन्छ मनले भक्कानिदै आफु पनि ,
पिडा झर्छ पानी बनी कस्ले यस्तो गरेको हो !!

क्षितिज पारी भएकाले जलाइदिन्छ मुटु यहाँ ,
चर्किन्छ घाऊ मेरो मात्र कस्तो जहर भरेको हो ,

KhadkaKuwar

गजल (बियोगान्त)

झुक्किएर दोबाटोमा आँखा जुधे फेरि पनि
नरिसाउ है अतितको दुखाईको भुल हो भनी

सँगै थियौ फेरि किन क्षितिजपरि जस्तो भयौ
जब गयौ हात समाई मुस्कुराउदै पराई बनी

मुसाको हुकुमतमा कुकुर,बिरालो लडाईंयो !!

मुसाको हुकुमतमा कुकुर,बिरालो लडाईंयो !!
बुझ बुद्धको देशमा आगो यसरी लगाईयो !!

दाईले तरबार उठाउदा भाईको शिर उड्यो ,
आमा अघी लाखौं छोराको बली चढाईयो !!

बीरका छोरा सबै देशको लागि मरिमेट्त्ने ,,
कोही शहिद् भए कसैलाई सडकमै सडाईयो!

काख रित्तियो आमाको ऋणी भयो माटो ,,
बलिदानको स्वतन्त्रतालाई डाडो कटाईयो !!

उत्तर दक्षिण छिमेकिले आगोमा घ्यु थपे ,
शान्ती सगै बुद्द बुदत्व पनि उतै पठाईयो !!