Skip to content

,,बाच्नु पर्ने,तडपिएर /घाउ राखी मुटुभित्र ,,

कस्तो बाटो जिन्दगीको /काडा मात्र पाउभरि !!
किन मेरो जिन्दगीले /जाच लिन्छ घरिघरि !!

,,,,बाच्नु पर्ने,तडपिएर /घाउ राखी मुटुभित्र ,,
मानिसको मर्ने चोला /नभएनी अजम्बरी !!

यता जान्छु ठेस लाग्छ /उता पनि ठेसै लाग्छ ,,
सधै भरि मलाई नै /हेर्छ दैब आखा तरि !!

सिलाउने कति हो खै /जताततै फाटेको छ ,,
छिया छिया भा छ मुटु /लाग्दा चोट ठाउ सरि !!

रोक्न खोज्छु मनको बह /रोकिदैन चाहदैमा ,,
बर्षे कै छ आखाबाट /साउनमा झैँ बर्षे झरी !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *