आसु पुछेर तिमीले मेरो भूल गर्यौ कि कतै
समाउदा हात दुख पर्दा मुस्किलमा पर्यौ कि कतै
लहरामा झुण्डिएर पहाड चड्न सिकाएर
चुकायौ गुनको बदला मेरो आसु बिकाएर
पन्छ्याएर हिड्यौकति ठेस लाग्ने ढुङ्गो मलाई
नपुर्याई मलाई चिता माथि गयौ मेरो मन जलाई
आसु पुछेर तिमीले मेरो भूल गर्यौ कि कतै
समाउदा हात दुख पर्दा मुस्किलमा पर्यौ कि कतै
निष्ठुरी भै बाटो काटी आफै गयौ पराई बनी
तिम्रो मेरो माया देखि बोल्छ भन्थेउ ढुङ्गो पनि
सँगै जिउनेसँगै मर्ने कसम जति भए पनि
मायाले पेट नभोरिदा खोज्नै पर्ने धनी
आसु पुछेर तिमीले मेरो भूल गर्यौ कि कतै
समाउदा हात दुख पर्दा मुस्किलमा पर्यौ कि कतै