Skip to content

ngyalalani

बिद्या सापकोटाको कथा सङ्ग्रह ‘नीलो तृष्णा’ सार्वजनिक:

कथाकार बिद्या सापकोटाको कथा सङ्ग्रह “नीलो तृष्णा” एक भब्य समाहरोहका साथ राजधानीको मिक्किज फ्यामिली रेष्टुरेष्टमा बिमोचन गरियो । बरीस्ठ कवि, कथाकार तथा समिक्षक हरी अधिकारीको प्रमुख आतिथ्य र बरिस्ठ साहित्यकार नियात्राकार प्रतिक ढकालको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिको रुपमा करुण थापा, दिपक के. खड्का, नयनराज पाण्डे, किशोर पहाडी लगायतलाई अतिथितिको रुपमा आसन ग्रहन गराएको थियो । बरिस्ठ साहित्यकारहरू, पत्रकारहरू, अन्य पेशामा संलग्न बिशिस्ट ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

मीरा मन थापाको गजल संग्रह “माटो, मुटु र मन” बिमोचित

गजलकार मीरा मन थापाको गजल संग्रह “माटो, मन र मुटु” एक सभ्य भब्य समाहरोहका साथ बिमोचन गरियो । अग्रनी गजलकार तथा प्राज्ञ बुँद रानाको प्रमुख आतिथ्य र बरिस्ठ साहित्यकार नियात्राकार प्रतिक ढकालको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिको रुपमा करुण थापा, घनेन्द्र ओझा, प्रभाती किरण, शबदहार कृयसन्स प्रालीका संयोजक रमेश कँडेल लाई अतिथितिको रुपमा आसन ग्रहन गराएको थियो । बरिस्ठ साहित्यकारहरु, पत्रकारहरु,  अन्य बिशिस्ट ब्यक्ती- उपस्थिती रहेको थियो ।