Skip to content

बिद्या सापकोटाको कथा सङ्ग्रह ‘नीलो तृष्णा’ सार्वजनिक:


मणिकलाल घिसिङ तामाङ
चैत्र २४, २०६९ । काठमाडौं ।


कथाकार बिद्या सापकोटाको कथा सङ्ग्रह “नीलो तृष्णा” एक भब्य समाहरोहका साथ राजधानीको मिक्किज फ्यामिली रेष्टुरेष्टमा बिमोचन गरियो । बरीस्ठ कवि, कथाकार तथा समिक्षक हरी अधिकारीको प्रमुख आतिथ्य र बरिस्ठ साहित्यकार नियात्राकार प्रतिक ढकालको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिको रुपमा करुण थापा, दिपक के. खड्का, नयनराज पाण्डे, किशोर पहाडी लगायतलाई अतिथितिको रुपमा आसन ग्रहन गराएको थियो । बरिस्ठ साहित्यकारहरू, पत्रकारहरू, अन्य पेशामा संलग्न बिशिस्ट ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सो संग्रहको बिमोचन “प्रिन्ट बुक” अतिथिहरूबाट संयुक्त रुपमा गरिएको थियो भने “इ बुक” प्रमुख अतिथि हरी अधिकारीले गर्नुभएको थियो । संग्रहमाथि टिप्पणी तथा समिक्षा दिपक के. खड्का, हरी अधिकारीको रहेको थियो । बिद्या सापकोटाको यो पहिलो कथा सङ्ग्रहलाई शब्दहार कृयशन्स प्रालिले बजारमा ल्याएको हो ।

दिपक के. खड्का आफ्नो मन्तब्य राख्नु हुँदै, “पुस्तकको लागि यो युग झन्डै स्वर्न युग या शुभ प्रबेश योग भनेर भन्न सकिन्छ । किनभने अहिले पाठकहरूले खोजी खोजी पुस्तकहरू पढिरहेका छन् । झन प्रमोशन वा प्रचार प्रसार गरिएका त्यस्ता पुस्तकहरूलाई त आँखा चिम्लेर खोजिखोजी पढिदिएका छन् ।” पाठकहरूको यो भोकलाई sustain हुन दिन क्वालिटि प्रडक्टहरू दिनुपर्ने आवश्यकता औल्याउनु भयो । यसैमा थप्दै भन्नु भयो, “अहिले श्रस्टाहरू पुलपुलिएका छन् । श्रस्टा अहङ्कार छ अँझै पनि । अब त्यो हटेर लेखक मोडेस्टी चाहिन्छ ।” उहाले नेपालमा ३२ लाख Potential पाठकहरू रहेको दाबी गर्नु भयो र त्यसमा १ प्रतिशत पाठकमा मात्र पुगेपनि सफलता मान्न सकिन्छ भन्नु भयो ।

कथाकार बिद्या सापकोटाले आफ्नो लेखकीय भनाइ राख्दै, “नुवाकोटको सुदुर गाउमा जन्मिएको हुँ । जहाँ बत्ती पुगेको छैन, बाटो पुगेको छैन । कल्यानपुरमा हुर्किदा-बढ्दा अक्षर केलाउने मौका पाएकी हुँ” । उहाले परिवार र सम्पूर्ण उत्प्रेरणा दिनुहुने मनहरूलाई सम्झिदै उहाहरूको साथ र सहयोगबाट नै यो कृति आज सम्भब भएको बताउनु भयो । कथा लेख्न प्रेरणा दिनुहुने रमेशजी, कथाको अङ्श अङ्श केलाइदिने दिपक के. खड्का, आबरन तयार पार्नुहुने जयराम तिमल्सिना लगायत देश बिदेशबाट सहयोग गर्नुहुने मनहरूलाई एकमुस्ट धन्यवाद दिनुभयो ।


प्रमुख अतिथि हरी अधिकारी आफ्नो मन्तब्य राख्दै, “बिद्या आफू 3G पुस्ताको प्रतिनीधि गर्ने हुनाले त्यही पुस्ताको मान्छेहरूका,त्यो पुस्ताका समस्याहरू र त्यो पुस्ता बसेका समाजका जटिलतालाई उजागर गर्ने प्रयत्न गरेकी छिन् ।” कत्तिपय कवि तथा श्रस्टहारु आफूले नजानेका कुराहरूमा कलम चलाऊछन् त्यसैले त्यसमा विश्वश्नियताको कमी हुन जाने कुरामा सङ्केत गर्नु भयो । तर बिद्या सापकोटाले भने आफू जस्तै र आफूले भोगेका परीबेशहरूलाई समेटेर आख्यान तयार पार्नुभएको बताउनु भयो । त्यसैमा थप्दै भन्नुभयो, “नागर जीवनका लगभग सबै आयामहरूलाई ठिक ठिक ढङ्गले प्रस्तुतिकरण दिनुले बिद्या सबै चिजहरूप्रती सचेत रहेकी छिन् । बिद्या सापकोटको कथामा आदर्शबादी सोचभन्दा पनि व्यबहारिक ढङ्गले प्रस्तुत गरिएको पाइन्छ ।” केही कथाहरूमा नाटकियकरण ज्यादा छन्, ती कुराहरूलाई सुधार्नुपर्नेतिर इङ्गित गर्नु भयो । नेपाली भाषाको कथा भनेपछि नेपाली शब्दहरूकै प्रशस्त प्रयोग हुनुपर्ने तर अङ्ग्रेजी शब्दको भरपुर प्रयोग हुँदा यसबारेमा आगामी दिनमा सोच्न कथाकारलाई सुझाव दिनुभयो ।

कार्यक्रमका सभापति नियात्राकार प्रतिक ढकालले हस्यौली ठट्टामा सम्पूर्ण श्रस्टाहरूलाई समेट्नुभयो । उहाले भन्नु भयो, “जानेअनुसार संसारमा सबै लिपिका अक्षरहरूमा समस्टिगत रुपमा बिद्या हुन्छन् भनेर हामीले सरस्वतिको उपासना गरेका हुन्छन् तर आज त्यही बिद्याले पनि अभिब्यक्ती पाउनको लागि त्यही अक्षरको साहरा लिनुपर्दा रहेछ” ।

बोल्ने सम्पूर्ण ब्यक्तित्वहरूले आयोजक भएपछि मन्चमा घचक्क बस्नुपर्ने तर मन्चको लोभ नहुने शब्दहार क्रियसन्श प्रालिका संयोजक रमेश कँडेल जि को ब्यक्तित्व बिशेषको तारिफ गर्नु भयो । शुभकामना मन्तब्य दिनुहुँदै करुण थापाले बिद्या सापकोटाको यो कथा सङ्ग्रहले चाहेभन्दा बढी सफलता मिलोस भनी शुभकामना ब्यक्त गर्नु भयो । कार्यक्रम सन्चालन बिष्णुप्रवा सापकोटाले मिठो तरिकाले गर्नुभएको थियो भने लन्च ब्रेकसँगै कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *