Skip to content

npbhandari1973

सिसासको १०५औं नियमित मासिक साहित्यिक संगम सम्पन्न

सिर्जनशील साहित्यिक समाज(सिसास), भैरहवा रुपन्देहीको नियमित मासिक साहित्यिक संगम अन्तरगतको १०५औं मासिक संगम २०६९ भाद्र १६ गते शनिवार भैरहवाको शहीद स्मृति पुस्तकालयमा सम्पन्न भएको छ ।

सिसासका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि कथाकार माधवप्रसाद पन्थी हुनुहुन्थ्यो ।

बिगतका पानाभरि

मनकी रानी बनी बस्यौ बिगतका पानाभरी
तृष्णा बनी मडारिन्छ्यौ बर्तमानमा आजपनि ।

हेराइमा जादू तिम्रो नशा बस्यो किन होला ?
शायद आफ्नो युगभरि सम्झी सधैं रुन होला ।