सिसासको १०५औं नियमित मासिक साहित्यिक संगम सम्पन्न


भैरहवा,
सिर्जनशील साहित्यिक समाज(सिसास), भैरहवा रुपन्देहीको नियमित मासिक साहित्यिक संगम अन्तरगतको १०५औं मासिक संगम २०६९ भाद्र १६ गते शनिवार भैरहवाको शहीद स्मृति पुस्तकालयमा सम्पन्न भएको छ ।

सिसासका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि कथाकार माधवप्रसाद पन्थी हुनुहुन्थ्यो ।

कार्यक्रममा गुराँस पत्रिकाका सम्पादक एवं चितवनका स्रष्टा हरि चालिसे, बरिष्ठ कथाकार वनमाली निराकार, युवा गजलकार, कथाकार रुद्र ज्ञवाली, संस्थाका पूर्व अध्यक्ष छवि ज्ञवाली, अध्यक्ष नारायणप्रसाद भण्डारी, बेगलाल गहतराज, धनबहादुर गहतराज, गंगा अभिलाषी, मधुसुदन पोख्रेल, योगनाथ आचार्य, गीता ज्ञवाली, आकांक्षा भण्डारी, माधवप्रसाद पन्थी लगायतका डेढ दर्जन भन्दा बढी साहित्यिक स्रष्टाहरुले आ–आफ्ना कविता, गजल, कथा, मुक्तक लगायतका रचनाहरु वाचन गरेका थिए । संस्थाका सचिव रामप्रसाद खनालको सञ्चालन तथा उपाध्यक्ष तेजप्रसाद पन्थको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

बिगत २०६० सालदेखि साहित्यिक क्षेत्रमा क्रियाशील सिर्जनशील साहित्यिक समाज(सिसास) ले नियमित रुपमा यस क्षेत्रमा विभिन्न साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ । संस्थाले हालै मात्र मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा भैरहवामा भब्य रुपमा बिशेष गजल सन्ध्या कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।

बार्षिक रुपमा माघ १६ गते सिसासले विभिन्न ४ वटा राष्ट्रिय स्तरको सिर्जनशील काजीरोशन–साहित्यिक पुरस्कार, लुम्बिनी अञ्चल स्तरीय सिर्जनशील–एभरेष्ट साहित्यिक पुरस्कार, जिल्ला स्तरीय छविलाल –सिर्जनशील साहित्यिक पुरस्कार र महिलास्रष्टाहरुलाई प्रदान गरिने सिर्जनशील–गंगा साहित्यिक पुरस्कार स्थापना गरी हरेक बर्ष साहित्यकारहरुलाई पुरस्कृत गर्दै आईरहेको छ । साथै संस्थाले सोपान नामक साहित्यिक पत्रिकाको प्रकाशन समेत गर्दै आईरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *