parashar123
परिवर्तन
लुरे डूरे मूसो लुसुलुसु पुगिगो सदनमा
भयो हात्ती भुँडे चमक पनि आयो बदनमा
थिए नाँगा गोडा अब त चढिगो बाहन महाँ
बन्यो अर्कै जाती कसरी झरनु भूमीतलमा
निमुखा गोल्ढ्याँग्रा गरीब भिखमंगा संग गइ
यीनै मेरा साथी भनि किन दबिनु तल भई
भनी पाँचै तारे छिरी डुबन गो बोतल महाँ
चढ्याे इन्द्रै आशन कसरी झरनु भूमीतलमा
फुटेका हात् खुट्टा ठस ठस गन्हाउने शरीर त्याे
बन्याे कल्कलाउँदाे शरीर, अनि काेमल बदन भाे
बस्याे बानी सोझो सदन चढी छिर्ने ढुकुटीमा
भयो मान्ने गुन्ने कसरी झरनु भूमीतलमा
सबैले था पाए पहिरन सबै फुस्किइ सक्यो ।
लज्जा, घृणा सक्यो अब त नकचरोपन् छिरी सक्यो