Skip to content

parashar123

आशा र आशंका

हत्या हिँसा हराएर शान्तिको दिन आउला
निस्फिक्रि बनपाखामा चरिले गीत गाउला
पुरानो घाउमा खाटा बस्दै जाला पछि पछि
भन्ने विश्वासथ्यो मनमा चोट पो फेरी लाग्छ कि !

परिवर्तन

लुरे डूरे मूसो लुसुलुसु पुगिगो सदनमा
भयो हात्ती भुँडे चमक पनि आयो बदनमा
थिए नाँगा गोडा अब त चढिगो बाहन महाँ
बन्यो अर्कै जाती कसरी झरनु भूमीतलमा

निमुखा गोल्ढ्याँग्रा गरीब भिखमंगा संग गइ
यीनै मेरा साथी भनि किन दबिनु तल भई
भनी पाँचै तारे छिरी डुबन गो बोतल महाँ
चढ्याे इन्द्रै आशन कसरी झरनु भूमीतलमा

फुटेका हात् खुट्टा ठस ठस गन्हाउने शरीर त्याे
बन्याे कल्कलाउँदाे शरीर, अनि काेमल बदन भाे
बस्याे बानी सोझो सदन चढी छिर्ने ढुकुटीमा
भयो मान्ने गुन्ने कसरी झरनु भूमीतलमा

सबैले था पाए पहिरन सबै फुस्किइ सक्यो ।
लज्जा, घृणा सक्यो अब त नकचरोपन् छिरी सक्यो

समयकाे धुन

कुनै एक समय
बाख्रा बस्तु चराउने गोठालाहरुले,
एकान्त र शून्यतालाई तोड्दै पातको पिपिरी बजाउँदा
लोकभाकामा मुर्चुँगा, बिनायो र मुरली बजाउँदा,
मानिसहरू आफ्नो कामका थकानबाट मुक्तिको श्वास फेर्दथे,
एकछिन आफूलाई पनि दुनियाँबाट हराउँथे ।