Skip to content

माैलिक

परिवर्तन

लुरे डूरे मूसो लुसुलुसु पुगिगो सदनमा
भयो हात्ती भुँडे चमक पनि आयो बदनमा
थिए नाँगा गोडा अब त चढिगो बाहन महाँ
बन्यो अर्कै जाती कसरी झरनु भूमीतलमा

निमुखा गोल्ढ्याँग्रा गरीब भिखमंगा संग गइ
यीनै मेरा साथी भनि किन दबिनु तल भई
भनी पाँचै तारे छिरी डुबन गो बोतल महाँ
चढ्याे इन्द्रै आशन कसरी झरनु भूमीतलमा

फुटेका हात् खुट्टा ठस ठस गन्हाउने शरीर त्याे
बन्याे कल्कलाउँदाे शरीर, अनि काेमल बदन भाे
बस्याे बानी सोझो सदन चढी छिर्ने ढुकुटीमा
भयो मान्ने गुन्ने कसरी झरनु भूमीतलमा

सबैले था पाए पहिरन सबै फुस्किइ सक्यो ।
लज्जा, घृणा सक्यो अब त नकचरोपन् छिरी सक्यो

छोटो गीत

पहाडमाथि परेकाे पानी तरेली परेर
अायाे कि यता तराइ तिर झर्ना झ‌ै झरेर
किन हो किन यो मुटु मेराे सम्झन्छ उस्लाइ
नसम्झुँ भन्छु सम्झने बानी भएछ मलाइ ।

बाँदरका हातमा नरिवल

बनमा मात्र यी बाँदरले दुख पाए भनेर रचनाकारले अाफ्नै घरमै भित्र्याए । मिठाे मसिनाे खान पाएका बाँदर सारै राम्रो गरी फस्टाए । तर उनीहरुकाे चाेर्ने बानी र अर्काको देखि नसहने बानीलाइ भने उनीहरुले दबाएर मात्र राखेका थिए । बग‌ैचामा अाँपका रुखमा उपद्रब मचाउन नपाएर उनीहरुकाे मन पिराेलिएकाे गियाे । अारुहरु पाकेर मात्र खान अराइएकाे थियाे । काँचै फलफूल नटिप्ने उर्दी थियाे । एक दिन उनीहरुले बग‌ैचामा पाक्न लागेकाे कटहरमा अाँखा गयाे । अरुले नै खाला भन्ने डरले बाँदरकाे डफ्फा पसेर पाक्न लागेकाे कटहरुकाे बाेटमा चढेर साेत्तर पारे । बिहान रचनाकारले जब देखे उनलाइ रिस उठ्यो तिमी जङगली हौ तिम्रो ठाउँ यहाँ हैन रहेछ