हत्या हिँसा हराएर शान्तिको दिन आउला
निस्फिक्रि बनपाखामा चरिले गीत गाउला
पुरानो घाउमा खाटा बस्दै जाला पछि पछि
भन्ने विश्वासथ्यो मनमा चोट पो फेरी लाग्छ कि !
देशले काँचुली फेर्ला गुराँस मुस्कुराउला
जयकार गरि जनता खुशिले खुब् रमाउला
जन्ताको एकता साँच्चै दिलै देखि बढाउला
मुस्कान ओठमा खिल्दै आँखामा निद आउला
भन्ने विश्वासथ्यो मन्मा निद पो दूर भाग्छ कि !
नेपाली जातीको नाम विश्वले मन् पराउला
हामरो देशको नाता दुनियाँले रुचाउला
सगर्माथा उँचा होला थपिइ शान धर्तीको
भन्ने विश्वास थ्यो मनमा उचाइर्् पो अझ घट्छ कि