Skip to content

paudelpadamprasad

मुक्तक- paudelpadamprasad

प्राय यतै भेटिन्छन् खाली सुइरा बिनाका धोन्द्राहरु!
अनि फुकिन्छन् त मसि बिनाका रिफिल तोन्द्राहरु!!
कसरी लेख्छ?समय बित्दै जान्छ,जवानी पाक्दै जान्छ,
तर कहिल्यै पुरा हुदैनन् यी अनगिन्ती खोन्द्राहरु!!४!!
©paudelpadamprasad

उनलाई गजल ( गजल नं.१)

मेमरी त्यो कार्डले झै सम्झनामा राखिहाले
जीवनैमा आश बोकी कूरी बस्दा थाकिहाले

बैँसको त्यो मातले गर्दा कसै ल्यै खोज्न थाले,
ती कतै बादर्नि देख्दा मेरि भन्दै ताकिहाले

मन्दाक्रान्ता छन्दमा एउटा गजल

/*→→’मन्दाक्रान्ता छन्द’मा गजल लेख्ने प्रयास (राम्रो लागे लाईक/कमेन्ट/सेयर ठोक्नुहोला)←←*/
——————————————
SSS SII III SSI SSI SS

भैहाल्यो जे हुनु भइगयो रोइ भैदैन केही !
बेकारैमा शिर छुपि त खाना जुटीदैन केही !!

सोच्ने होकी चिन्तन गरि सोधेर आफ्नै मन्लाई,
लागौ हामी जुटि नत्र वीकासै फुटीदैन केही !!

आई नै हाल्छ विपत सबैलाइ नै एकचोटी,
लागौ मीली निडर बनि साथी लुटीदैन केही !!

#ppp #paudelpadamprasad
विशेषत भुकम्प पीडितलाई सहानुभूति दिनको लागी पस्तुत..