Skip to content

उनलाई गजल ( गजल नं.१)


मेमरी त्यो कार्डले झै सम्झनामा राखिहाले
जीवनैमा आश बोकी कूरी बस्दा थाकिहाले

बैँसको त्यो मातले गर्दा कसै ल्यै खोज्न थाले,
ती कतै बादर्नि देख्दा मेरि भन्दै ताकिहाले

मेरी ऊनी प्राण भन्दै के गरेको थीन मैले?
बर्त बस्दै तीर्थ धाए ऊसलाई भाकिहाले

बाध्यताले नै भनौ हामी बीचैमा नै छुटियौ,
त्यो बिछोडैको मिठाई बल्ल आजै चाखिहाले

हुन्छ फेरि भेट चोखो पिरती मर्दैन भन्थे,
पर्खँदैमा जूग बित्दै गो बुढो भै पाकिहाले

(हिज्जे गल्तीका लागि क्षमा दिनुहोस,
सिकारुलाई सुझाव दिई पुन्य लिनुहोस)

पदम प्रसाद पौडेल
शुत्र :- २१२२ २१२२ २१२२ २१२२
लय/बहर :- मुफरद बहरे रमल
कपिलबस्तु ( हाल धरान )

Leave a Reply

Your email address will not be published. Required fields are marked *