Skip to content

prakashpoudel

जापानमा पनि १०० औं देवकोटा जयन्ती भब्यरुपमा मनाईने, ५ जना जापानीहरुलाई सम्मान गरिने

बिगतका बर्षहरुमाझैं यस बर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा १०० औं लक्ष्मीजयन्ती विविध साहित्यिक कार्यक्रमहरुकासाथ भब्यरुपमा मनाईने भएको छ ।

हाइकु सम्राट माचुओ वाशो

माचुओ वाशो १६४४-९४ हाइकु साहित्यका आधार स्तम्भ हुन । हाइकाइ ताङका का विशिष्ट कविका रुपमा समेत कहलाएका वाशोले हाइकाइ ३१ अक्षरीय लाई १७ अक्षरीय ५-७-५ उत्कृष्ट लघुत्तम रुपमा प्रस्तुत गरेर जापानी वाङमयमा सुनौलो आयाम थपे ।
तेइतोकु र दानरीन शैलि गहनताका साथ बुझेर हाइकाइका क्षेत्रमा थप निखारता ल्याए । वाशोलाई हाइकु सम्राट भनिन्छ । एदो कालका अग्राणी कवि वाशोले यात्रा गरेर हाइकु लेख्न रुचाउँथे । वाशोका सात वटा कृतिहरु सग्रहका रुपमा प्रकाशित भएका छन ।