जापानमा पनि १०० औं देवकोटा जयन्ती भब्यरुपमा मनाईने, ५ जना जापानीहरुलाई सम्मान गरिने


बिगतका बर्षहरुमाझैं यस बर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा १०० औं लक्ष्मीजयन्ती विविध साहित्यिक कार्यक्रमहरुकासाथ भब्यरुपमा मनाईने भएको छ ।

सामारोहमा नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको क्षेत्रमा योगदान पुरयाउने पाँचजना जापानी नागरिकहरुलाई सम्मान गरिने भएको छ । उक्त कुरा समाजद्वारा प्रेषित बिज्ञप्तिमा जनाइएको छ ।

प्रेषित बिज्ञप्तिकाअनुसार नेपाली साहित्य फ़ांटका धरोहर अर्थात मूर्धन्य ब्यक्तित्व देवकोटाको सयौं जन्मजयन्ति समारोहमा जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जनको प्रमुख आतिथ्य रहने भएको छ ।

सो अबसरमा अनेसास जापानको विविध साहित्यिक संगालोहरुको तेश्रो प्रकाशन ‘साकुरा फुल्दा’ बिमोचन गरिने कार्यक्रम छ । यसैगरी कार्यक्रममा साकुरा फुल्दाका सम्पादक तथा समाजका उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ द्वारा ‘नेपाली साहित्यमा हाइकु’ बिषयक कार्यपत्रसमेत प्रस्तुत गरिने बताइएको छ ।

समारोहमा देबकोटाको प्रसिद्ध कृति मुना मदनलाई जापानी भाषामा अनुवाद गर्ने ३ जना श्रष्टाहरू, नेपाल जापान सोसाइटीका प्रतिनिधि तथा नेपाली भाषा एवं संस्कृतिप्रेमी जापानी नागरिक हारुहितो नोजु र युको ओकामोतो मल्ललाई सम्मान गरिने कार्यक्रमसमेत रहेको बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा साहित्यमा रुची राख्नुहुने महानुभावहरुलाई लेखरचनासहित कार्यक्रममा उपस्थिति भईदिन आग्रह गरिएको छ भने साहित्यलाई माया गर्नुहुने सम्पूर्ण श्रोता लगायत साहित्यनुरागी महानुभावहरुमा न्यानो उपस्थितिको लागि पनि आह्वान गरिएको छ । उपस्थित हुन असमर्थ श्रष्टाहरुको रचना पनि बाचन गरिने भएकाले इच्छुक महानुभाबहरुले [email protected] मा ईमेल मार्फत पठाउन पनि अनुरोध गरिएको छ।

कार्यक्रम यही नोवेम्बर ९ तारिख आईतवार टोकियो, ओमोरीस्थित सेईयु बिल्डिङको ५ औ तल्लामा दिउसो ४ बजेबाट हुने बताईएको छ । ***

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *