Skip to content

rahulvai

म भात जोडेर बसुँ कि कबिता लेखुँ ?

अस्ति न अस्ति एउटा कविता लेख्या थिएँ,
साझामा छाप्या थिएँ
फेसबुकमा पोस्टया थिएँ

एउटा कमेन्ट आयो
४२० भोल्टको करेन्ट आयो
कविता कस्तो “स्याड” रे …
ठिकै थियो “नट ब्याड” रे …

प्याला रित्याउं अनि गाला मिठ्याउं कि ?

प्याला रित्याउं अनि गाला मिठ्याउं कि ?
शरम र धरम बीचको ताला मिल्काउं कि ?

सधैं पिइरहुं लाग्ने तिम्रो जवानीको नशा,
लाग्छ जिन्दगीलाई नै मधुशाला बनाउं कि ?

झरीमा परी

झरीमा परी

यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी
बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी

भक्तहरुको उपासना हो या प्रक्रितीको सुन्दर सिर्जना
तिर्खाएको मरुभूमीको हाल झैं भयो मनको तिर्सना