Skip to content

प्याला रित्याउं अनि गाला मिठ्याउं कि ?


प्याला रित्याउं अनि गाला मिठ्याउं कि ?
शरम र धरम बीचको ताला मिल्काउं कि ?

सधैं पिइरहुं लाग्ने तिम्रो जवानीको नशा,
लाग्छ जिन्दगीलाई नै मधुशाला बनाउं कि ?

छल्की रहने, पोखिन पोखिन खोज्ने यौबन,
सदाबहार तिम्रो मातको नदी नाला फर्काउं कि ?

नजरले चित्त बुझेन कतै, अधरले मन भरेन
टाँसीरहन सधैं तिम्रो हातको बाला बनीरहुं कि ?

जती भाबुक छु,त्यती नै कामुक पनि छु म
हुन्छ भने…. उन्मादको ज्वाला सल्काउं कि?

1 thought on “प्याला रित्याउं अनि गाला मिठ्याउं कि ?”

  1. राहुलज्यू, धेरै समयपश्चात
    राहुलज्यू, धेरै समयपश्चात झुल्किनुभो। स्वागत छ है!
    सदा झैं बेजोडसँग भाव पोख्नुभो। धन्यवाद छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *