ruman
बिनिर्माण – आधाकथा
जलवायु तथा मौसम विज्ञानको भबिष्यबाणीमा आज पानी को थोपै पर्ने उल्लेख थिएन तर मध्यान्न हुँदा नहुँदै पानी ओईरिन थाल्यो । फतमालाई के थाहा यसरी पानी पर्ला भनेर ।
‘विश्वासै नहुने भयो अब रेडियो नेपालको ।’ फतमा एक्लै बोल्न थाली ।
जुठेल्नोमा हिजो रातिदेखिकै भाँडा छोडेर आएकी थिई ऊ टुँडिखेल । आज टुँडिखेलमा कस्को सवारी छ उसलाई अँझै थाहा छैन । सबैले स्वस्ति गर्न पुग्नै पर्ने उर्दि थियो । छिमेकीले भनेपछि मात्र उसले आजको उर्दि बारे थाहा पाएकी थिई । उसले रेडियो नेपालको त्यस्तो उर्दी सुन्न कसरी छुटाई । ऊ आफै रनभुल्ल छे ।
गार्डिएन (फल्यास् फिक्सन)
आज तिनै सुन्दर र लोभलाग्दा गोडा भएका युवतीलाई देखें । गएको जाडो-याममा उसलाई देखेको थिएँ । ट्रेनको सिटमा घुँडामाथि अर्को खुट्टाको तिघ्रा राखेर ऊ जतन साथ बसेकी थिई । त्यसो गर्दा उसको बु्ट्टे स्कर्ट तिघ्रातिर सरेको थियो । ऊ त्यसलाई तल तान्छे तर त्यसको फेर घुंडाभन्दा मुनि पुग्दैन । यसैले उसका आकर्षक र लोभलाग्द गोडाहरू म नियालिरहन्छु ।
खरानी
तिमी बग्यौ कुन सागरमा मिल्न ….. थामेर किन छोड्यौ हातहरू …..
राष्ट्रिय समाचार पछि यो गीत बजिरहेको थियो रेडियो नेपालमा । गर्मी महिनाको आखिर तिर, गर्मी निकै थियो । ‘एक झर पानी परिदए शितल हुने थियो ।’ ऊ यस्तै सोच्दै थियो । पसिनाले जिउ भिजिसक्यो । खाटमा सतरंजा मात्र छ । ओल्टे कोल्टे फर्किदा ढाड बिझाउँछ । हावा चले पनि तातो हावा चल्दै थियो । त्यसले झनै उकुस मुकुस बढाउँथ्यो ।
