Skip to content

रुमन न्यौपाने

क्रस फायर: वेब फिक्सन्

मानिस कहिले काँहि पछुताउँछ । आफ्नो कर्तव्यबाट च्युत हुन्छ । जानेर वा नजानेर । त्यसले कसैलाई नराम्रो गरोस् भन्ने मनसाय नभए पनि गल्ती हुन्छ । सफलताको नजिकै पुगेकाहरूलाई सोच्न समय हुन्न । मनमा उठेको पहिलो कामलाई नै पहिलो कर्तव्य सोच्छ । त्यही भयो गएको गृष्ममा ।

हातमा क्यानन्को सि-१०० क्यामेरा बोकेको छु । दाँयाकुममा कुनै फाल्तु कविको जस्तो फाटिनसकेको कपडाको झोला झुण्डाएको छु । त्यसभित्र केही थान नोट बुक, कलम, कण्डमका प्याकेट, ३ ४ चुरोट बाँकी भएको मार्लबोरोको प्याकेट, २ ओटा क्यासेट, र सोध्नु पर्ने प्रश्नको लामो धरो ।

बिनिर्माण – आधाकथा

जलवायु तथा मौसम विज्ञानको भबिष्यबाणीमा आज पानी को थोपै पर्ने उल्लेख थिएन तर मध्यान्न हुँदा नहुँदै पानी ओईरिन थाल्यो । फतमालाई के थाहा यसरी पानी पर्ला भनेर ।

‘विश्वासै नहुने भयो अब रेडियो नेपालको ।’ फतमा एक्लै बोल्न थाली ।

जुठेल्नोमा हिजो रातिदेखिकै भाँडा छोडेर आएकी थिई ऊ टुँडिखेल । आज टुँडिखेलमा कस्को सवारी छ उसलाई अँझै थाहा छैन । सबैले स्वस्ति गर्न पुग्नै पर्ने उर्दि थियो । छिमेकीले भनेपछि मात्र उसले आजको उर्दि बारे थाहा पाएकी थिई । उसले रेडियो नेपालको त्यस्तो उर्दी सुन्न कसरी छुटाई । ऊ आफै रनभुल्ल छे ।

गार्डिएन (फल्यास् फिक्सन)

  • by

आज तिनै सुन्दर र लोभलाग्दा गोडा भएका युवतीलाई देखें । गएको जाडो-याममा उसलाई देखेको थिएँ । ट्रेनको सिटमा घुँडामाथि अर्को खुट्टाको तिघ्रा राखेर ऊ जतन साथ बसेकी थिई । त्यसो गर्दा उसको बु्ट्टे स्कर्ट तिघ्रातिर सरेको थियो । ऊ त्यसलाई तल तान्छे तर त्यसको फेर घुंडाभन्दा मुनि पुग्दैन । यसैले उसका आकर्षक र लोभलाग्द गोडाहरू म नियालिरहन्छु ।

खरानी

तिमी बग्यौ कुन सागरमा मिल्न ….. थामेर किन छोड्यौ हातहरू …..

राष्ट्रिय समाचार पछि यो गीत बजिरहेको थियो रेडियो नेपालमा । गर्मी महिनाको आखिर तिर, गर्मी निकै थियो । ‘एक झर पानी परिदए शितल हुने थियो ।’ ऊ यस्तै सोच्दै थियो । पसिनाले जिउ भिजिसक्यो । खाटमा सतरंजा मात्र छ । ओल्टे कोल्टे फर्किदा ढाड बिझाउँछ । हावा चले पनि तातो हावा चल्दै थियो । त्यसले झनै उकुस मुकुस बढाउँथ्यो ।

प्रभा

‘प्रभा’ ऊ निदाएकी थिइन । त्यसैले उसलाई बोलाई हेरें ।

हामी दम्पति निदाउँदैनौ । रात अनिदो कट्छ । अन्धकार पनि कति क्रुद्द देखिन्छ । सुनसान र असुराहरूले ब्याप्त भए जस्तो ।

प्रभा मतिर फर्किई । भनी, ‘भोलि बिहान मन्दिर जानु छ । सुत ।’

***

यन्त्रमानव (लघु कथा)

कसरी दुई वटा भेडाहरू हिजो हिँउमा पुरिए । पोहर पनि एउटा चौंरी मरेकै हो । तर तुलनामा यस बर्ष खासै नोक्सान भएको थिएन भन्ने सुनेको थिएँ । त्यति बेला म ९ या १० बर्षको थिएँ क्यार । नाफा नोक्सानको मलाई त्यति हेक्का थिएन । तर बाको धमिलो अनुहार भाको बेला पक्कै फेरि भेडाहरू पुरिए भन्ने लाग्थ्यो ।

मलाई त्यति बेलै यन्त्र मानवको चाहना भएको हो । मलाई ती हामीलाई आवश्यक छन् भन्ने लाग्थ्यो । मलाई तिनले हिउँमा पुरिएका भेडाहरू निकाल्न बालाई मद्दत गर्लान भन्ने लाग्थ्यो ।

प्रत्यासी प्रेमी

प्रिय सुनगाभा
तिमीलाई कतै सुनेको थिएँ
तिमीले बताससँग पठाएको संदेशहरू
सुबासले प्रपन्च मिलाएर
मेरो हृदयमा बसाँई सरेको थियो ।
तिमीलाई याद नहोला
मेरो बाटो काटेर कति पटक
तिमीले आफैसँग छल गरेकी थियौ ।

सुन्यताले पठाएको खत !

डिएर, रुमन

कतिपय कुराहरू तिमीले बुझाउँदा पनि म बुझ्दिन होला र कतिपय मेरो भगीरथ चाहानाहरू छन् जुन तिमीले बुझोस् भन्ने लाग्छ त्यो मैले वाक फुटाउँदा पनि तिमीले बुझ्दिनौ होला । समय अन्तरालमा तिम्रा भोगाईहरूमा केही बिबिधता देखिए भने त्यति बेला फेरि गौरबको सास अबश्य फेर्ने छु । ईश्वरसँग नमागी केही पाउनु मानव जीवनको सार्थक उगलब्धता सायद हुन्छ । ईश्वर संरचनाले खटाएको सानो भागमा दुखेसो, पीडा, अभावको अभिव्यक्ति र सकंटको गन्तब्य छ भन्ने मनोभाव देखिन थालेको छ ।

धर्तीको अबसान

उनलाई सुन्न म झुक्किएर–
उनको गल्ली पुग्छु ।
बेला बजाउने त्यो युवतीलाई
कठघरामा उभ्याएको देख्छु ।
आज माहोल भिन्न छ/हिजोको भन्दा
उनले गाउने परम्पराको गीत
बेलाको लयमा– म साक्षी थिएँ ।

कथा लेख्ने १२ उपाय

स्टेफेन एम्ब्रोजले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर अंग्रेजी लिएर पढेकी केटीसित बिहे गर्नु मात्र होईन यो त बरु लरेन्स कस्दानले भने जस्तो लेखक बन्नु भनेको जीवनकाल भर हरेक रात कडा होमर्वक गरिरहनु हो ।

ऊ यसरी आई

पहेँली नयाँ रचेर
धुकधुकी नयाँ बनेर
शितल बताससँगै दौडिँदै
के खबर ल्यायौ प्रिय ?
बसन्त पर्खैर ।

अलग धुनको कोसेली
सुनाउँदै नयाँ सुसेली
गृष्मको अन्तिम हुरीसँग बहँदै
के भरेर ल्यायौ आँचल ?
ऋतुहरू पर्खेर ।

२५(क) के पायँ ?आखीर गुमाए

तिमीलाई छुन खोजे, तिमीलाई रोक्न खोजे
तर म चेतना सुन्य भए
पर्दा उचालेर हेरे घाम चियाईरहेछ, मुस्कुराईरहेछ
तर राफको म मा असर परेन, म स्तब्ध भए ।

तिम्रो झुकेको नजर लाई उठाएर मैले के गरे ?
म बिलीन भए, केबल उद्दार गरे, सानो प्रयास
समाए, कसेर समाए झन् बलिष्ठ संग
फुत्कीएला भन्ने डर भएन, न त्रास, न संत्रास ।

तारा हेरे, जुनले जिस्कायो, निदाए
सपना, सपना, सपना झस्केर ब्युझीए, अनि उदास
खोजे बिहान हुदा नहुदै, सबेरै, सुनसानमा
तर के पाँय ? आखीर गुमाए न माया, न छाँया

आदर गरे, भाबना पोखे, संझाए जस्तो गरे
तर बिश्वास झनै कसीएछ, हलुका बिश्वास
यो सुस्त गतिमा के गन्तब्य छुँला ?

म घुमाउछु त्यो घण्टाघर को सुई

कोलाहाल त्यो एक्कासी ठप्प भईदीयो ।
कालो बादल निरशताको छप्प छाईदीयो ।
आत्तीयर कति त्यहाँ ककर्श रागमा गाउदैछन् ।
मंगल धुनले ढाकीदीन बडो जोर लाउदैछन ।

फाटेको जमिन भित्रै कति पसे रे ।
अस्ताएन सुर्य त्यहा कति डडे रे
प्रलयले उराठ लाग्दो शहर दखीयो ।
मौलाउन तयार सृष्टी सबै मेटीयो ।

ब्वासोहरुको रमिता बिस्तारै बड्ने छ ।
सन्तापको मलम छैन शरीर गल्ने छ ।
सोचे मैले समय त रोकीए जस्तो छ ।
तैपनी दुधे बालक सपनाको रस चुस्दो छ ।

(समबेदनाको भिड बाट अलग्गीयर मैले सोधे)

घाम अस्ताउने, उदाउने यो रित कसरि मेटियो ?
बेगबान पृथ्बीको परिक्रमै कसरी छोटीयो ?
मौलाउन तयार सृष्टी सबै रोकीयो ।

४६(क) खान छोड्नु भा’ को ?

महाशय यता फर्किनुस त ।
तपाईँ त दुब्लाउनु भएछ ।
खोई त त्यो ठुलो भुँडी ?
पक्कै पनि तपाईँले खान छोड्नु भएछ ।

मन्त्रीदेखि सुब्बासम्म
पिउनले नि गन्न छोड्यो रे हजुर
सबैको खल्ती भर्ने तपाईँ
तपाईँ त दुब्लाउनु भएछ ।
साच्चै हो तपाईँले खान छोड्नु भएछ ।

तपाईँको भुँडी त मान्नै पर्थ्यो
खुबसँग कवाफले भर्नुपर्थ्यो ।
लौन हजुर भन्नुस त
साच्चै तपाईँले खान छोड्नु भा’को ?

सुहाएकै थियो हजुर दौराको भेष
बिचरा!
सुकेछ अनुहार अनी पाकेछ केश ।
होईन हजुर खानु पर्छ ।
बोसोले हाड छोडे, करङ्ग रहन्छ शेष ।

क्वाँटीको झोल

शाश्वत सत्य,
देख्दैन अनुहार ऐनामा मानिस ।
कपटी छ, निर्दयी छ, निस्वार्थ त छँदै छैन ।
टाउको काट्दैछन् मानिस मानिसको
तौलिएर हातहरूमा दया नाप्न खोज्छ ।
देख्दैनन् अनुहार,
ऐनामा मानिस त्यसै रुमल्लिन्छ ।

३४(क) मढारिएको उच्छृंखलता ।

मैले अझै बुझन सकिन
मेरा जीवनका रसहरू,
जुन जताततै पोखिएर
छताछुल्ल भएका छन् ।
हार्दिकताले उनका ओठहरूले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
सर्बत्र अँठ्याउन भ्याएका छन् ।

म आत्तिएको छैन १७(क)

म आत्तिएको होईन चुम्न तिम्रा ओठहरू
झुठो नि त साँचो ठाने देखाईन खोटहरू
अन्जान डरले किन आज खेदिँदैछ मन
आखिर खै किन आज तेजिँदैछ धड्कन ।।

भनुँ किन नभनुँ किन, लाग्दैन तिम्रो मन दुखाऊँ
नजित्ने यो खेलमा, म दाउ कति लागाऊँ ?
लाग्छ किन फेरि छोडु जोडिएको बाटो
फुकाउनु परे यदि फुकाउनु तिमी गाठोँ

नबोदय !

It is the stubborn beginning; everyday had brought one hideous night. It is the time to determine, every dawn comes from one black night. It is the certainty of nature so we can revolutionize. Do hands on hands!

आदि,
अकडो अन्त्यको ।
बुझौ,
अकन्टक शशिलाई ।
आज एउटा अन्त्य
भोली अर्को सुर्योदयलाई ।
अकपट त्यो निशा
आदि हो नब लालीको ।
सोच,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।

अकथ्य अन्धकारमा
भुमीगत बाँच्नेहरु
अखबारमा राष्ट्र कुंद्वैछन् ।
न हार,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।