Skip to content

saku thapa

लक्ष्मीचोकदेखि भानुचोकसम्मको यात्रा

२०६२ सालको पौष २५ गतेको दिन थियो । कार्यालय काम विशेषले सुनसरीको इटहरीस्थित सैनिक क्याम्पमा पुगेको थिए । काठमाडौंकै जस्तै हातखुट्टानै कमाउनेखालको जाडो नभएपनि हुस्सु चाहिं लागिसकेको थियो । इटहरीसम्म पुगिसकेपछि धरान जस्तो धार्मिक तथा पर्यटकीय महत्वको नगरीसम्म नपुगी फर्कनु यात्रा अधुरै हुने जस्तो लाग्यो । त्यसैले व्यस्तताडको वावजुद पनि धरान पुग्ने निधो गरें । इटहरीबाट धरानस्थित फुस्रे क्याम्पसम्म जाने गाडी भेट्छु । बिहान नौ बजिसकेको हुन्छ ।

Read More »लक्ष्मीचोकदेखि भानुचोकसम्मको यात्रा

नेपाली समाज, एकल महिला र सामाजिक मान्यता

विश्व समुदायमा गरीबी, अशिक्षा, एचआइभी एड्स, द्वन्द्व र सामाजिक अन्यायका कारण पीडामा परेका एकल महिला र उनीहरुका बालबालिकालाई सहयोग गर्नका निमित्त चेतना जागरण गर्न संयुक्त राष्ट्र संघको सन् २०१० को निर्णय अनुसार हरेक वर्ष जुन २३ तारिख अर्थात असार ९ गते अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिएको छ ।

Read More »नेपाली समाज, एकल महिला र सामाजिक मान्यता

खड्गी जातिः ऐतिहासिक परिचय

नेपाल विभिन्न जातजाति र विविध संस्कृतिले भरिएको देश हो । नेपालमा परापूर्वक कालदेखि नै विभिन्न भाषाभाषी वा संस्कृतिको संगमस्थलको रूपमा रहिआएको पाइन्छ । हाम्रो देशभित्र बसोवास गर्ने प्रत्येक समुदायको आ—आफ्नै भाषा एवं साँस्कृतिक, चालचलनहरू र रीतिरिवाजहरू रहेका छन् । यी सबै जातिहरूको भाषा र रीतिरिवाज मिलेर नै समग्रमा नेपाली सँस्कृतिको निर्माण भएको छ । यी जनजाती समुदाय अन्तर्गत खड्गी समुदायको आफ्नो मौलिक संस्कृति एवं संस्कारहरू तथा जीवनशैलीको अस्तित्वले छुट्टै पहिचन राखेको छ ।

बलात्कारजन्य घटना र सामाजिक दायित्व

हरेक दिन जसो रेडियो, टि.भि. पत्रपत्रिकाहरुमा बलात्कार, हत्याजस्ता दुःखद् समाचारहरू बाम्बार आइरहन्छन् । त्यसमा पनि ५, ६ वर्ष देखिका कलिला बालिकाहरू बलात्कृत हुनुका साथै बलात्कार पछि हत्या समेत भएको समाचार सुन्दा आङ नै सिरिङ्ग हुन्छ । यस्तो अमानवीय, हृदयबिदारक,विभत्स घटनाहरूले समाजलाई नराम्रो बाटोतिर डोराइरहेको भान हुन्छ । समाजमा यस किसिमका बाल यौन हिंसा, हत्या जस्ता जघन्य अपराधहरू बढ्नाले समाज नै त्रसित र आतंकित भइरहेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसः युवाको भूमिका र दायित्व

हरेक वर्ष १२ अगष्टका दिनलाई विश्वभर “अन्तर्राष्ट्रिय युवा दिवस”को रुपमा मनाउने गर्दछन् । नेपालमा पनि १२ अगष्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा विभिन्न कार्यक्रम सहित मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिकलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय गरेसँगै सन् २००० बाट अन्तर्राष्ट्रिय युवा दिवस मनाउन शुरुवात भएको थियो ।… Read More »अन्तर्राष्ट्रिय युवा दिवसः युवाको भूमिका र दायित्व

माग्नेहरू

भोक मेटाउन एक गाँस
आङ छोप्ने एक सरो कपडा
प्यास मेटाउने एक घुड्को पानी
मागिरहेछन् माग्नेहरू ।

अपहेलित हुँदै
दर्व्यवहार, दर्वचन खेप्दै
ङिच्च दाह्रा देखाउँदै
मागिरहेछन् माग्नेहरू ।

लाली ओठका कुरा

कति कति मीठा थिए तिम्रा लाली ओठका कुरा
मैले कहिल्यै सोचिन हो बोली भित्र हुन्छ छुरा ।

तिम्रो स्पर्श तनै भुल्ने गन्ध त्यसै त्यसै मीठा
त्यसै त्यसै लठ्याउथ्यो बज्दा तिम्राहातका चुरा ।

जीवनसंगिनीलाई सम्झना पत्र

प्यारी जीवनसंगिनी,
तिमीबाट छुटिएको पनि धेरै दिन भएछ । पत्र त यस भन्दा पहिला पनि पठाएको थिए । सायद दुरीको कारण तिमीसम्म पुग्न ढिला भयो होला । तर पनि तिम्रो संझना अनि मायालाई ताजा पार्न यो पत्र कोदैछु ।
काठमाडौंबाट उडेको १५ घण्टापछि मात्र सुदुरपश्चिमी अफ्रिकी सानो मुलुक पुगेको थिएँ । काठमाडौंको शीतल दिन अनि आफन्तहरूको नजिकताबाट जब टाढा हुँदै जान्थें त्यतिनै त्रि्रो अनि प्यारी छोरीको याद गाढा बन्दै जान्थ्यो । तर पनि म आफ्नो कर्तव्य माथिको जिम्मेवारीप्रति निष्ठावान हुँदै आफूलाई बिचलित हुनबाट बचाइरहेको थिएँ ।

नयाँ विहानी

विगत लामो समयदेखिको
हत्या र हिंसालाई रोक्दै
त्रास र आतंकलाई पन्छ्याउँदै
अभाव र अशान्तिलाई फाल्दै
बन्द र हड्ताललाई स्थगित गर्दै
आएको नयाँ विहानी