दोस्रो कोरोनाबाट सचेत बनौँ

कोरोना महामारी मत्थर भएर अहिले फेरि बढ्दो ग्राफमा छ । अवश्य नै यो दोस्रो लहरको सुरुवाती चरण हो । अहिले कोरोनाको खोप लगाएकाहरुले दोस्रो पटक लगाएमा मात्रै त्यो प्रभावकारी हुन्छ ।
Read More »दोस्रो कोरोनाबाट सचेत बनौँकोरोना महामारी मत्थर भएर अहिले फेरि बढ्दो ग्राफमा छ । अवश्य नै यो दोस्रो लहरको सुरुवाती चरण हो । अहिले कोरोनाको खोप लगाएकाहरुले दोस्रो पटक लगाएमा मात्रै त्यो प्रभावकारी हुन्छ ।
Read More »दोस्रो कोरोनाबाट सचेत बनौँलकडाउनको समयभन्दा अनि निषेधाज्ञाको समयभन्दा अहिले विश्वका प्राःय ठाउाहरुलाई कोरोनाले गाँजेको छ । निर्मूल भयो भनी पार पायो भनेका ठाउँहरुमा पनि दोस्रो चरणको महामारी भनी उनीहरु सजग भइरहेका छन् । यो भाइरसको प्रकृति, प्रवृत्ति बारे अझै वैज्ञानिकहरु निक्र्यौलमा पुग्न सकिरहेका छैनन् । रातदिन अनुसन्धानरत छन् । उपचारको औषधि पत्ता लगाउन अब थोरै समयमात्र बाँकी छ भन्ने समाचारहरु पनि बाहिर आइरहेका छन् । केही ठाउँमा भने पत्ता लागेर पनि परीक्षणपछि सार्वजनिकीकरण गर्ने भन्ने समाचार आइरहेका छन् । यस्तोमा सकारात्मक कुराको पर्खाइ गरेर सजग रहनुबाहेक अरु उपाय देखिँदैन ।
नेपालका स्वदेशका २० लाख मजदूरहरु बेरोजगार भएको ६ महिना भइसक्यो । उनीहरुले यही कमाइले छोराछोरीको फिस तिर्ने र परिवारको छाक टार्ने गर्दै आएका थिए । आज विहान टुडिँखेलमा देखेको थिएँ कि कोही ४ दिन, कोही ७ दिन, कोही ८ दिन भो खाना पेटमा नपठाएको भनी भोकले ढल्लाजस्तो भई थररर काँपी भनिरहँदा कसको मन नरोला ? त्यहाँ युवाहरुले स्वतस्फुर्त रुपमा दैनिक २०० जनालाई लकडाउनको समयदेखि खाना खुवाउँदै थिए ।
लकडाउनका राम्रा पक्षहरू थुप्रै छन् । यसलाई मैले धेरै राम्रो अवसरको रुपमा पाएको छु । हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ । बाहिर जाँदा चुरोटको धुवाँ, गाडीको धुवाँ, धुलोमुलोले गाल पार्थ्यो, अब त स्वच्छ हावा सित्तैमा महसुस पाइएको छ । पशुपञ्छी, बोटविरुवा पहिलेभन्दा आनन्दित छन् । यसले गर्दा जीवजन्तुहरू अरु समयभन्दा हलक्क बढ्न पाएको छ । सबै बालबालिका प्रफुल्लित मुद्रामा छन् । वातावरण प्रदुषण मुक्त देश भएको छ ।
कोराना भाइरसले महाशक्ति राष्ट्र, सम्पन्न व्यक्ति, विकसित मुलुक, राज्यका हर्ताकर्ता मन्त्री तथा नेताहरूका साथै तथाकथित आफूलाई शैक्षिक तथा बौद्धिक जगत्कै मसिहा ठान्नेहरूको असली रूप र औकात देखाइदिएको छ । अपदवादको रूपमा केही समाजवादी देशहरू जस्तै चीन, भेनेजुएला, क्युवा आदिले यो समस्यालाई मानवीय सङ्कटका रूपमा लिएर मिलिटयाण्टरूपमा कार्यक्रम बनाई कार्यन्वयन गरी सफलताका नजिक पुगेका छन् । पुजीवादी देशहरू दक्षिण कोरिया, जापान, सिंगापुर जस्ता देशहरूले नाफाभन्दा जनता तथा मानिसहरूलई महत्व दिँदा समस्या हल गर्नेक्रममा छन् । केही देशहरू स्पेन, आयरल्याण्ड, दक्षिण अफ्रिकी देशहरूले निजी अस्पताललाई राष्ट्रियकरण गरेर समाजवादी मोडेलमा गई समस्यासँग जुझदै छन् ।
अहिले विश्वमा कोरोना सबैभन्दा बोलिने शब्द अनि भाइरल भएको छ । कोरोनाले विश्वलाई गाँजेको छ । कोरोनालाई नोभेल कारोना कोभीड १९ नाम दिइयो । कोरोनाको सङ्क्रमणबारे सकेसम्म छोटो र प्रभावकारी रुपमा चेतना फैलाउने उद्देश्यले अभिप्रेरित भएर यो लेख तयार गर्दा सम्मन १लाख नाघिसकेको छ । १४ दिनपछि पनि भाइरस देखा पर्ने भएकाले चाइनाबाट आएका नेपाली विद्यार्थीहरुलाई १४ दिन अलग्गै राखेर परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण देखिएन । उनीहरुलाई ठुलै युद्ध जितेसरी खुसी तुल्यायो ।
८ मार्च २०१९ अर्थात् २०७५ फागुन २५ गते विश्वका विभिन्न देशमा क्रियाशील महिला सङ्गठनहरूले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाउँदै छन् । आज १०९ औँ महिला दिवश मनाइरहँदा पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा तात्विक अन्तर आउन सकेको छैन ।
संसारका धेरै शाश्वत चिजमध्ये प्रेम शाश्वत हो । यसले मानिसलाई जीवन जिउने ऊर्जा दिन्छ । यो यस्तो आयाम हो जसबाट मानिसको जीवन आदि र अन्त्य दुवै हुन सक्छ । मानिसले सही र असल मानेमा प्रेम गर्न जानेको छ भने उसले लिन होइन दिन चाहन्छ । प्रेमका बारेमा भनिएको पनि छ –‘साँचो प्रेमले त्याग दिन्छ बदलामा केही चाहँदैन ।’ इतिहासमा हामीले कैयौँ प्रेमीप्रेमिकाका बारे कालजयी कृतिमा कथा र गाथाहरू भलिभाँती पढेका छौं ।
गाउँघरलाई फेरि एक वर्षका लागि फुङ्ग र रित्ता बनाउँदै सहरमा काम गर्ने लाखौंलाख मानिसहरू धमाधम सहर पसिरहेका छन् । सडक यातायातका दुई, चार र छ पाङ्ग्रे लावालश्करमय साधनले सडक खचाखच देखिएका छन् । नेपाली हिन्दूहरूको महान् चाड दसैँ लगभग सकिएको अवस्थामा छ । दसैँका सन्दर्भमा जहिल्यै पनि गाउँ र सहरको उल्टो अंकगणीतीय सम्बन्ध रहेको पाइन्छ । दसैँमा सहरहरू सुनसान हुन्छन् भने गाउँघरहरू गुल्जार । कहिल्यै भेट नभएका साथीभाइ, माइती, मावली, ससुराली, जोरीपारी र पुराना दयाँलीहरू पनि दसैँको माहोलमै गाउँघरमा टुप्लुक्क भेटिँदा जो कोहीमा असीम आनन्दको सञ्चार हुने गर्छ ।
नेपालमा अहिले दसैँको मौकामा करिब ४ खर्ब बराबरले अर्थतन्त्र चलायमान हुन्छ। गतिशील यो अर्थतन्त्रलाई अरु कुनै पनि नेपालीका पर्वहरूले यतिको प्रभाव पार्न सक्दैनन्। अझ सहरबाट गाउँमा १ खर्ब रुपैयाँ पैसाको फ्लो हुने गर्छ। यो सबै रेमिट्यान्सले गर्दा भएको हो। नेपालीहरू प्रतिदिन १३ सयदेखि १८ सयसम्मका दरले विदेश गैरहेका छन्। काम र काममा खोजीमा विदेश बत्तिएकाहरू यो हिसाबले करिब ४० लाखको संख्यामा नेपाली यतिखेर विदेशमा रहेका छन्। ती सबै दसैँमा आआफ्ना घर आउन नपाए पनि विभिन्न नामका माध्यमबाट नेपालमा आफन्तका छेउ पैसा पठाउँछन्। सञ्चार माध्यममा आएर जोडिन्छन्। शरीर दूर भए पनि मन सन्निकट हुँदा छुट्टै सुखानुभूतिको संचरण हुने गर्छ।
१. पृष्ठभूमि
मानवीय समाजको व्यवहारले नै बालबालिकाको व्यक्तित्व निर्माण हुन्छ । आजका बालबालिकाहरूको स्वभाव र व्यवहार कस्तो बनाउने भन्ने कुरा आजका अग्रजहरूकै हातमा रहन्छ । सामान्यतः वंशाणुगत गुण, अग्रजहरूको क्रियाकलाप, आफ्नो प्रारम्भकालीन बाल्यकालका अनुभव र समवयस्कहरूको चालचलनको प्रभावले बालबालिकाको स्वभाव/व्यवहार विकसित हुँदै जान्छ ।
हरेक मानिसलाई पुरस्कारले हौसला दिन्छ र दण्डले दुःख । मानव सभ्यताको इतिहासका प्रत्येक सन्दर्भमा त्यो पढिएको, देखिएको र भोगिएको छ । संसारमा हरेक क्षेत्रमा नामी र दामी पुरस्कारका व्यवस्था भएका छन् । संसार प्रसिद्ध ‘सिएनएन हिरो’को पुरस्कार नेपालकै प्रख्यात समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले पाए । अँझ पुष्षा बस्नेतले त ‘सिएनएन सुपर हिरो’ को पुरस्कार समेत पाएकी थिइन । उनले पाएको पुरस्कार र कोइरालाले पाएको पुरस्कारले नेपाली समाजमा महिला र बालबालिकाका क्षेत्रमा उल्लेखनीय कार्य भएका छन् ।
आज १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस । महिला हक अधिकार र महिला मुक्तिको लागि हरेक वर्ष ८ मार्चका दिन विश्वभर यो दिवस मनाइने गरेको छ । सर्वं प्रथम पहिलो पटक १९ मार्च १९११मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको प्रमाण भेटिन्छ । पहिलो पटक तत्कालीन पर्सियाका राजाले १९ मार्च १८४८का दिन महिलालाई मतदानको अधिकारको घोषणा गरी समानताको अधिकार प्रत्याभुत गरेका कारण यो दिवस मनाइएको थियो तर विविध कारण नियमित हुन सकेन र सन १९१३ देखी हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै आएको पाइन्छ । संयुक्त राष्ट्र संघले सन १९७५मा मेक्सिको सिटीमा पहिलो सम्मेलनको आयोजना गरी सन १९७७बाट महिला अधिकार तथा अन्तर्राष्ट्रिय शान्ति घोषणा गरेको थियो । सन २०१७ को लागि #BeBoldForChange भन्ने नारा राखिएको छ ।
आजभोलि पत्र–पत्रिकाहरू एव म सञ्चारमाध्यमहरूमा दिनहुँजसो आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एकप्रकारले मन्द विषसरी फैलिरहेको छ– हाम्रो समाजमा आत्महत्याको शृंखला । किन यसरी तिव्र गतिमा फैलिरहेको छ– यो सोचनीय र चिन्ताको विषय हो ।
स्वभाविकरुपमा मान्छे सम्वेदनाले भरिएको हुन्छ । जीवनका उतारचढावहरूलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ ।
यो केही वर्ष अघिको कुरा हो । चर्चित कलाकार हरिवंश आचार्यले ‘चिना हराएको मान्छे’ पुस्तक लेखे । रातारात सेलिब्रेटी लेखक भए । पत्नी शोकमा डुबेका हरिवंशले नेपाली पाठकलाई राम्रैगरी पठन सामग्री दिए । उनको जीवन खुला पुस्तकमा पढ्न पाएर धेरैले साहित्यको आनन्द लिए । अहिले अख्तियारका मोनिटर लोकमान एकाएक ‘फाइल हराएको मान्छे’ भएर समाचारमा चर्चित भएका छन् । आखिर जसरी भए पनि चर्चित हुनुसम्म त हो । सुचर्चित या कुचर्चित ।
मलाई चलचित्र हेर्न असाध्यै मन लाग्थ्यो । चलचित्रमा अरूभन्दा पनि नायकले नायिकालाई आफूतिर आकर्षित गर्नको लागि अनेकानेक डर लाग्दा कार्यहरूलाई पनि बढो बहादुरीका साथ सम्पन्न गरेर नायिकाको मन जित्न सफल हुन्छन् र आखिरमा नायिकालाई गलाएर नै छाड्छन् । कमलो हृदय भएका नायिकाहरू नायकको क्रियाकलापप्रति लालयित भएर उनीप्रति आकर्षित हुन्छिन् । पटक पटकको खलनायकको हैरानीबाट बच्न पनि नायकलाई साथ लिन बाध्य हुन्छन् । न्यायको वकातल गर्नमा नै नायकहरू चलचित्र नसकुन्जेल लागि पर्छन् । नायकले गरेका यस्ता कार्यहरू मलाई असाध्यै मन पर्थ्यो र मरिहत्ते गरेर चलचित्र हेर्नमा म ज्यादै लोभिन्थे ।