Skip to content

subba

गीत

कस्तो रङ भरिएछ लौ न जूनमा आज
मख्ख परी हेर्दा हेर्दै ओर्ली आउँछ लाज

दुई मुटु एउटै पारी लस्किएको देख्यो क्यारे
त्यै पल उल्का खस्दा झस्किएको देख्यो क्यारे
लुक्न खोज्छु हेरुँ लाग्छ जून आउने साँझ
मख्ख परी हेर्दा हेर्दै ओर्ली आउँछ लाज

आँखा भरी उनकै मुहार…..

आँखा भरी उनकै मुहार तैरिएका रहरहरु
हिजोआज किन किन लाग्न थाल्यो बगरहरु

बग्दाबग्दै उन्को माँया त्यसै त्यसै आफै सुक्दा
छात्ती भित्र खुशीहरु नचाहेरै आफै लुक्दा
खुशी बाँड्दै संग संगै घुमेका ती शहरहरु
हिजोआज किन किन लाग्न थाल्यो बगरहरु

रंगीन बास र छुटेको बस (नियात्रा)

काठमाण्डौं यात्रा,
बस आफ्नै गतिमा दगुरीरहेको थियो । मेरो छुटेको अर्को बसको भेटाउने आशा – डाँडा माथी बाट घाम अस्ताई सकेको थियो । खलाँसी तत्काल चढेका यात्रीहरुलाई भाडा उठाउँदै मेरो सिट सम्म आईपुग्यो । मैल पहिले नै पटक पटक केहि छिन पछि दिन्छु भनि पठाएको थिएँ । त्यसैले मैले त्यो भन्दा धेरै, हरेक बहानामा छल्ने प्रयास गरिन । म बसको सबै भन्दा पछाडी अन्तिम सिटको देब्रे झ्यालमा लुस्रुक्क बसिरहेको थिएँ । अलिकति आफु आफै भित्र कता कता हिनताबोधले ढिपी कसिरहेको थियो म मा ।
“भाई ! भाडा दिनुस् ।”
झ्यालको पर्दा काँधमाथी पन्छाएर, झ्याल बाहिरका दृष्य संग मोहकता मा हर्राईरहेको बहाना बनाइरहेको थिएँ मैले, ता कि उसले मेरो एकाग्रता भंग नगरोस् ।
“ए ! पख्नुस् है ।” उसको आवाजले मेरो एकाग्रता भंग भएको नाटक गर्दै मेरो झोलाको र्साईड पकेट खोलें र सोधें ।