ताङ्का

TilakRajChundali

ताङ्कामा कोभिड

कोभिड गुरु
सम्पूर्ण विश्वलाई
विषाणु बनी
चिमोटी सिकाउँछ
मानवताका कुरा!

उठ्यो जुरुक्क
हारेको मानवता
अनि त गल्यो
अहमको उन्माद
कोभिडको युगमा!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई ताङ्का

उषा किरण
अँध्यारो रातपछी
आश उज्यालो
मनभित्र सपना
मानवको चाहना !
२)
फुलेको फूल
फुलेर ओइलायो
जस्तै जिन्दगी
आज हाँसो साथमा
भोलि हुने माथमा !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सपनाको संसार

मेरो आँगन
हरीयाली भएर
ढुक्क छ मन
तिम्रो साथ भएर
सदा छायाँ रहेर ।।१।।

आँखाको ताल
तरङ्ग उठदछ
शिखर पुग्न
कल्पनाको सागर
सपनाको संसार ।।२।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई ताङ्का (मर्दको छोरो)

उस्को हेराई
वादलपारी जून
उदांगो मन ।
सलबलाउ छ खै
नांगिएको तस्वीर ।।

क्यानभासमा
अलकत्रे तस्वीर
मर्दको छोरो ।
भर्षटाईल नेता
फेसन नेपालको ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

केही तांकाहरू (मुटु मिचेर)

मुटु मिचेर
दोष दिउँ कस्लाई
भाग्य आफनै
खोटो भइदिए सि
आवरा जिन्दगी भो ।

भन्दैन चेली
राता रात बेचिन्छ
मौन छ सबै
हाट हजारी खेल
किन्नेहरूको भीड ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निष्ठूरी न्याय

  • by

सुनको विहानी
मृगतृष्णा रहर
वादलपारी ।
तानाशाही सम्राट
सुन्दरीहरू माँझ ।।

पर्खेर बस्छ
समय चक्रव्यूह
थपडी मार्न ।
अवसरवादी भै
वैगुनी देवताहरू ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तर माँयालुलाई …!

अाधा रातमा
बिउझिएको मान्छे
एकोहोरिन्छ
लक्षहिन सपना
छातीमा सजाउदा

चसक्कै पोल्छ
सम्झानाका कोसेली
मुटुमा राख्दा
कहिले रून्छ मन
कहिले हाँस्छ मन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भुइचालो भै , नितान्त सत्य

अधम भयौ
पाइन्न मागेर त
भुइचालो भै
माया परै राख न
विश्वासको पात्र हौ।।१।।

भन्नेले भन्छ
यो,त्यो वादीले तर
नितान्त सत्य
व्यक्तीले नै व्यक्तीको
शोषण गर्ने गर्छ ।।२।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •