Skip to content

आँखा भरी उनकै मुहार…..


आँखा भरी उनकै मुहार तैरिएका रहरहरु
हिजोआज किन किन लाग्न थाल्यो बगरहरु

बग्दाबग्दै उन्को माँया त्यसै त्यसै आफै सुक्दा
छात्ती भित्र खुशीहरु नचाहेरै आफै लुक्दा
खुशी बाँड्दै संग संगै घुमेका ती शहरहरु
हिजोआज किन किन लाग्न थाल्यो बगरहरु

जिन्दगीका जंघारहरु हार्दै जित्दै तर्दै जाँदा
अनायसै उनको माँया अन्तै तिर र्सर्दै जाँदा
मुटु साट्दै उनेका ती माँया प्रितका लहरहरु
हिजोआज किन किन लाग्न थाल्यो बगरहरु

1 thought on “आँखा भरी उनकै मुहार…..”

  1. ramro lagyo.
    बग्दाबग्दै उन्को

    ramro lagyo.

    बग्दाबग्दै उन्को माँया त्यसै त्यसै आफै सुक्दा
    छात्ती भित्र खुशीहरु नचाहेरै आफै लुक्दा
    खुशी बाँड्दै संग संगै घुमेका ती शहरहरु
    हिजोआज किन किन लाग्न थाल्यो बगरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *