Skip to content

tekabk

भविष्यवक्तासंग

तिमीले मेरो अतीतलाई पढ्यौ
मैले कुनै प्रतिवाद गरिन
तिमीले मेरो वर्तमानलाई पढ्यौ
मैले कुनै प्रतिकि्रया गरिन
तर
मेरो भविष्य थाहा पाउन
मलाई कुनै उत्सुकता छैन
किनभने
मेरो भविष्य जसो होला होला

भूपिले उसै भनेका हुन र !

“हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त वीर छौं”
भूपिले उसै भनेका हुन् र !
वीर र बुद्धू दुवै हुनु
हाम्रो वाध्यता
वीर हुनु विगतको वाध्यता
कहिले ‘विश्वयुद्ध’ भन्दै

बिकृत बाटो

बिमला !
के तिमी पनि यही बाटो जान्छौ र

यो त मैले हिँडिसकेको बाटो
अनुभूत गरिसकेको बाटो
अभ्यास गरिसकेको बाटो
यो बाटोमा कुनै चौतारी छैन
कुनै देउराली छैन ।

यो त मैले भोगिसकेको बाटो