Skip to content

“हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त वीर छौं”
भूपिले उसै भनेका हुन् र !
वीर र बुद्धू दुवै हुनु
हाम्रो वाध्यता
वीर हुनु विगतको वाध्यता
कहिले ‘विश्वयुद्ध’ भन्दै
वीरत्व प्राप्त गर्यौं
कहिले ‘अंग्रेजसंगको युद्ध’ भन्दै
वीरत्व प्राप्त गर्यौं
बुद्धू हुनु वर्तमानको वाध्यता
कहिले ‘इराककाण्ड’ मा
बुद्धूत्व प्राप्त गर्यौं
कहिले ‘तलवारकाण्ड’ मा
बुद्धूत्व प्राप्त गर्यौं
साँधबाहिरको के कुरा
साँधभित्रै पिन
बुद्धूत्व प्राप्त गर्ने वाध्यता
कहिले जनयुद्धको नाममा
‘खारकाण्ड’ भन्दै
कहिले यार्चागुम्बा टिपेको निहुँमा
‘नारकाण्ड’ भन्दै
कहिले मधेश आन्दोलनको मौकामा
‘पहाडिया भगाओ अभियान’ भन्दै
बुद्धत्व प्राप्त गर्ने गौतम बुद्धको सन्तान हामी
हे वीर बुद्धूहरु हो !
बुद्धूत्व प्राप्त गर्नुपर्ने वाध्यता
आिखर कहिलेसम्म
हामी वीर छौं
तर बुद्धू छौं
भूपिले उसै भनेका हुन् र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *