तिमीले मेरो अतीतलाई पढ्यौ
मैले कुनै प्रतिवाद गरिन
तिमीले मेरो वर्तमानलाई पढ्यौ
मैले कुनै प्रतिकि्रया गरिन
तर
मेरो भविष्य थाहा पाउन
मलाई कुनै उत्सुकता छैन
किनभने
मेरो भविष्य जसो होला होला
म आँफै अनुसन्धान गर्नेछु
त्यसैले
मेरो नम्र निवेदन छ िक
मलाई अरु नखोतल
जसो होला होला ।

tekabji,
yahako kabitale
tekabji,
yahako kabitale aafnai jindagilai kasaile khohtlas wa khojkhabar garda sahrai nai jhijo lagera dikka mandai ‘ab malai nkotyau’ vanna khojeko ha ki ? jasto lagyo ni ! ali sprasta hun skena ki kaso ho ?
– gorkhesailo, chitawan, nepal.