Skip to content

Tilak Raj Chundali

TilakRajChundali

तीन मुक्तक

।१।
कुरा नगर राजनीति नै यस्तो
औषधि भन्दा विरामी सस्तो
विधि र विकास मात्र पो भन्छौ
गणतन्त्रमा पनि, तिमी नेता कस्तो?

।२।
अधर चलाउँछ्यौ, नयन घुमाउँछ्यौ
लरबराउँदै बोल्दा, शब्द नै गुमाउँछ्यौ
दुई छोराको बाबू हुँ, सम्हाल आफुलाई
बाआमालाई आँशुमा,किन पो डुबाउँछ्यौ?

।३।
आशा अनि आँट दिनुस, खुशी दिने कुरा लेख्नुस
काँडा मात्रै सधै किन ,बोटहरुमा फूल देख्नुस
राम्रो मान्छे भएर नै यहाँको साथ खोजेको हुँ
सपनाको जेट छोडी,अब आफ्नै धर्ती टेक्नुस!

दुःखी बन्दिन

स्कुल खुल्छ, हाँस्दै जान्छौं, साथी सबै भेट्छौँ
कुरा हुन्छ, गीत गाउँछौँ, मिली खेल खेल्छौँ
हँसाई हँसाई सिकाउनलाई आउनुहुन्छ मिस्
बाह्र काग, आठ कोईली, हामी भन्छौं वीस।

किन किन सम्झी स्कुल, रुन मन लाग्छ
तिता मीठा विगतहरू आँखाभरि नाच्छ
निद छैन, भए फेरि, सपनीमै स्कुल
साथी मिस सर सबै बिर्सनलाई मुस्किल।

TilakRajChundali

ताङ्कामा कोभिड

कोभिड गुरु
सम्पूर्ण विश्वलाई
विषाणु बनी
चिमोटी सिकाउँछ
मानवताका कुरा!

उठ्यो जुरुक्क
हारेको मानवता
अनि त गल्यो
अहमको उन्माद
कोभिडको युगमा!