कुकुरको पुच्छर (कथा)
स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देवी-देउताको असार मसान्तमा बैठक बस्यो । आफैले सृष्टि गरेको हुनाले धरै माया लागेर पो हो कि, सृष्टिकर्ता ब्रह्माले पृथ्वीका सबै देशको विवरण पनि सोही समयमा हेर्ने गर्दथे । राम्रो र गतिलो केही नभएको नेपालको विवरण देखेर सबै देउताहरूले जिब्रो टोके ।
दिक्क मान्दै ब्रह्माले भने -“आफूले भने कति दुख सहेर, चिसोले कठ्याग्रिँदै हिमालयको काखमा कस्तो न सुन्दर देश बनाइयो भनेर घोर्ले नाक पारियो, अहिले आएर यस्तो पो भयो ।”
