ओरालो
हरी बाजे पुसको पारिलो घाम ताप्दै चौतारीमा पत्रिका पढ्दै के थिए, भुराभुरीहरु कुद्दै आए, र पिरोल्न थाले -“हजुरबा ! हजुरबा ! एउटा कथा भन्नु न ! ”
भुराभुरिको गाला मुसार्दै बाजेले सोधे- ” लु त लु, के को कथा सुन्छौ ?”
भुराले भने – “सुँगुरको |”
नचिताएको बिषयले बाजे एकछिन तिरिमिरी भए, एकछिनमा जुँगा मठार्दै कथा भन्न थाले-

स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देवी-देउताको असार मसान्तमा बैठक बस्यो । आफैले सृष्टि गरेको हुनाले धरै माया लागेर पो हो कि, सृष्टिकर्ता ब्रह्माले पृथ्वीका सबै देशको विवरण पनि सोही समयमा हेर्ने गर्दथे । राम्रो र गतिलो केही नभएको नेपालको विवरण देखेर सबै देउताहरूले जिब्रो टोके ।